भीम आदर्श आधारभूत विद्यालयको शैक्षिक भ्रमण


कार्तिक २८, २०७९, सोमबार | विहान ०६:२३ बजे | 55


भीम आदर्श आधारभूत विद्यालयको शैक्षिक भ्रमण

भक्तपुर, कार्तिक २७ । भीम आदर्श आधारभूत विद्यालयमा कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूको शैक्षिक भ्रमण सम्पन्न भएको छ । उक्त भ्रमणमा विद्यार्थीहरूले पनाैतिको बिजुली घर, खोपासीको रोशी खोला र त्यसको झोलुङ्गे पुल तथा ड्याम्म, रेशम खेती, पनाैतिको मुक्तिनाथ, पनाैतिको ऐतिहासिक संग्रहालय(म्युजियम) तथा साँगा महादेवको अध्ययन भ्रमण गरेका थिए । सो भ्रमणबाट विद्यार्थीहरूले नयाँ ठाउँ र त्यसको महत्त्व र प्रयोग बारे महत्त्वपूर्ण ज्ञान रमाइलोका साथ हासिल गरेका छन् ।

Comments