सन्जिब दुलाल 
भक्तपुुर । नेपाली कांग्रेसका संस्थापक नेता तथा लेजेण्डरी अर्थमन्त्री स्व.सुवर्ण शमशेर राणा नभएको भए सात सालमा प्रजातन्त्र आउन मुस्किल रहेको सरोकारवालाहरुले बताएका छन् । 
सुवर्ण स्मृति परिषद्को केन्द्रीय कार्यालयको आयोजनामा भक्तपुरको सिपाडोलमा आयोजित ४५ औं स्मृति दिवस तथा सुवर्ण स्मृति ग्रन्थ बिमोचन कार्यक्रममा बक्ताहरुले राणाको सहयोगले नै नेपालमा प्रजातन्त्र आएको बताएका हुन् । 

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति शाहले कांग्रेसका संस्थापक मध्येका एक नेता सुवर्णको उचित मूल्यांकन हुन नसकेको गुनासो गर्नुभयो । सुवर्णको योगदानले नै सात सालको क्रान्ति सफल भएको बताउँदै उहाँले अहिलेका पुस्ताले सुवर्णलाई भुल्दै गएको बताउनुभयो । 
२००७ सालको क्रान्ति सफल बनाउन करोडौं रुपँया खर्च गर्नुभएका राणाले आर्थिक सहयोग नगर्नुभएको भए प्रजातन्त्र आउन अझै समय लग्थ्यो उहाँले भन्नुभयो । 

सुवर्ण शमशेर त्यागी र निष्ठाले भरिपूर्ण नेता भएको उल्लेख गर्दै उहाँको सम्मानका लागि परिषद् स्थापना गरेर योगदानको चर्चा गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

सुवर्ण शमशेरका आफन्त समेत रहनुभएका पुर्वउपकुलपति शाहले त्रिबिबिका प्रथम उपकुलपति सुवर्ण शमशेर रहनु भएको र उहाँको पालामा तत्कालिन राजा महेन्द्रले कु गरेको स्मरण गर्दै आफु त्रिबिबिको उपकुलपति रहँदा पनि तत्कालिन राजा ज्ञानेन्द्रले राज्य सम्पुर्ण शक्ति आफ्नो हातमा लिएको स्मरण गर्नुभयो ।

परिषद्का अध्यक्ष उद्धब ढुंगानाले आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहनु भएका र कांग्रेसका धेरै नेतालाई बन्दी जीवनमा रहँदा आर्थिक सहयोग गर्नुभएका सुवर्ण शमशेरले २०१५ सालमा कांग्रेसले बहुमत ल्याएको बखत बीपीलाई प्रधानमन्त्री बन्न आग्रह गरेर त्याग गरेको बताउनुभयो ।

उहाँले कांग्रेस पछिल्लो समय सत्तामा केन्द्रीत हुँदा त्याग गर्ने नेता छायामा पर्ने गरेको बताउनुभयो ।
सो अवसरमा परिषद्का महासचिब श्रीभद्र ओझा,सचिब सरु बाँनियाँ लगायतले सुवर्ण शमशेरमा इमानदारी र त्यागको गुण पर्याप्त रहेको बताउँदै नेपाली रानीतिमा उहाँजस्ता त्याग गर्न सक्ने नेताको खाँँचो रहेको औल्याउनुभयो ।

ग्रन्थमा कांग्रेसका संस्थापक सभापति तथा पुर्वप्रधानमन्त्री बीपी कोईरालादेखि बिभिन्न ५९ बिशिष्ट लेखकका सुवर्ण शमशेर बारेका लेख तथा उहाँसँग सम्बन्धित ऐतिहासिक पत्र तथा फाटोहरु समाबेश छन् ।

परिषदले आगामी दिनमा सुवर्ण शमशेरका समकालिन ब्यक्तित्वसँगको उहाँको योगदान बारेको कुराकानी तथा उहाँले १७ बर्ष नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सम्हाल्दा भएका पार्टीका निर्णयहरुको दस्ताबेज सार्वनिक गर्ने तयारी गरेको जनाएको छ ।

कार्यक्रममा त्रिभुवन बिश्व बिद्यालयका पुर्व उपकुलपति नवीन प्रकाश जंग शाह तथा परिषद्का अध्यक्ष उद्धब ढुंगानाले स्मृति ग्रन्थको बिमोचन गर्नुभएको थियो ।





...

All Comments.......


Please Login/Register To Comments