३ वर्षे प्रमाणपत्र तह नर्सिड्ड र डिप्लोमा इन सिभिल इन्जिनियरिङका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण
कार्तिक २४, २०७९, बिहीबार | विहान ०८:३२ बजे | 30
भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप बहु–प्राविधिक अध्ययन संस्थानको आयोजनामा शैक्षिक बर्ष २०७९÷८० मा ३ वर्षे प्रमाणपत्र तह नर्सिड्ड र डिप्लोमा इन सिभिल इन्जिनियरिड्ड विषय अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहु“दै प्रमुख प्रजापतिले विद्यार्थीहरुले अनुशासनमा रही दीर्घकालीन सोच र लक्ष्यसहित अहिलेदेखि नै मिहिनेत गरेर अध्ययन गर्नुपर्ने, शिक्षालाई पैसा कमाउने उद्देश्यले नभई समाजमा उदाहरणीय बनेर काम गर्छु भन्ने अठोटका साथ अध्ययनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
निरन्तर परिश्रमको फल मीठो हुने उल्लेख गर्नुहु“दै उहा“ले सरकारमा गएका शासक दलहरुको शिक्ष्ाँलाई व्यापारीकरण गर्ने नीतिकै कारण गरिब जनता शिक्ष्ाँबाट बञ्चित हुनुपरेको बताउनुभयो । भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्न र शिक्ष्ाँ प्रदान गर्न ख्वप बहु–प्राविधिक अध्ययन संस्थानलगायत अन्य शिक्ष्ँण संस्थाहरु सञ्चालन गरेका अवगत गराउनुहु“दै शिक्ष्ाँ संगसंगै स्वास्थ्यमा पनि सहज पहु“च पु¥याउन घरदैलो नर्सिड्ड, स्वास्थ्य केन्द्रहरु लगायत ख्वप अस्पताल सञ्चालनमा ल्याएको उहा“ले बताउनुभयो ।
ख्वप बहु–प्राविधिक अध्ययन संस्थान संचालक समितिका उपाध्यक्ष्ँ तथा भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले ‘शिक्ष्ाँ नै उज्ज्वल भविष्यको मूलबाटो हो’ भन्ने भनाईलाई आत्मसात गर्दे ख्वप परिवारमा सामेल भएपछि एक जिम्मेवार नागरिकको रुपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले संस्थान सञ्चालन स्वीकृतिका लागि गर्नुपरेको संघर्षका बारेमा जानकारी गराउनुहु“दै देशभरिबाट अध्ययनका लागि आउने विद्यार्थीहरुको सीप, इमान्दारिता र दक्ष्ँताको बारेमा प्राप्त हुने सकारात्मक पृष्ठपोषणले उर्जा प्रदान गरेको बताउनुभयो ।
नया“ भर्ना भएका विद्यार्थीहरु, अभिभावहरु, शैक्ष्ँिक तथा प्रशासनिक कर्मचारीहरु सहभागी सो कार्यक्रममा संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, नर्सिड्ड विभागीय प्रमुख ईश्वरी डंगोल, सिभिल विभागीय प्रमुख रमेश सुवाल र परीक्षा प्रमुख रिमा हाडालगायतले बोल्नुभएको थियो ।