देशमा नेतृत्वको ठुलो भुमिका आवश्यक पर्छ । शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर्नु पर्ने थियो । नेपालको संविधानले कदर गरेको देखिदैन । नेतृत्व वर्गको कमजोरीले गर्दा हरेक क्षेत्रमा बिना सिमेन्टको बालुवाको घर भएको पाइयो । संविधानमा आधारित राष्ट्रिय अन्तराष्ट्रिको मामिलामा आफ्नो कानूनी अधिकार नेतृत्वको भूमिका महत्व हुन्छ । व्यक्ति व्यक्तिको छवि सारा जनतालाई विश्वको आँखाको नानी झैँ सफा भएजस्तै मङ्सीर ४ गते संसदिय चुनाव प्रदेश चुनावलाई सोच्छ र धादली रहित बनाउन आचार संहिता  लागु गर्न मर्यादित बनाउन सरकारको र तपाई हामीहरु सबैको दायित्व । ठुलालाई चैन गरिबलाई एैन नबनुन् । सानालाई माया गर्ने ठुला असललाई आदर गर्ने बानी बसालौँ । पुर्वेली सभ्यताको संस्कारले ठुलो महत्व दिएको पाइन्छ । आचार संहिताको छुट्टै नियम हुन्छन् । नेपाल आमाले देशको मंसिर ४ गते लाई क्षेत्र क्षेत्रमा पुलिस प्रशासन, पोलिन अफिसर,  कर्मचारी, उम्मेदवार र स्वयम सेवकहरु आफूलाई भोग प्यास नभनि, जाडो र घाम नभनि नियम पूर्वक तातो चिया, न्यानो लुगा,  न्यानो माया कति गहकिलो नियम निकालेका छन् । कुनै ठाँउमा झै झगडा नहोस्, धादली नहोस्, पैसा हुनेको गुण्डा राज नहोस् । देशले ठुलो दुर्भाग्य ननिम्तोस् । तपाई हामी सारालाई लाग्छ । एमसिसि, नागरिकता विद्येक, लक्ष्मण रेखा नाघेर जानु हुदैन । गठबन्धन भनेको जनतालाई झुक्याने, समस्या देखाउने सामदाम डण्ड भेड गरेर देशै खत्तम पार्ने जालसाजी गठबन्धन हो । जस्तै बोकालाई कुकुर बनाए जस्तै हो । यहाँ त अचम्म लाग्छ व्यक्ति वादी स्वार्थको कारणले गर्दा घर पालेको कुकुर काक्र्तिक महिनामा मालिकको अधिनमा बस्दैनन् भने जस्तै । बाटो बिनाको मोटर गएको पाइन्छ र बाघ र बाख्राको आहार विहार छुट्टै हुन्छ । अन्ततः जन्म जातै छुट्टै थियो । कुनै एउटा खोरमा बसेको होला भनेर मनमा खुल दुल भैसकेको जनता बताउछन् । यो दन्त्य कथा हो की वास्तविकता हो । दिनमा नाच्ने नाँच हो की रातमा नाच्ने नाच हो । नाचहरु धेरै प्रकारका हुन्छन् । लाखेनाच हो की, भालु नाच हो की, शेर र खरायोको नाच हो की, देश बेच्न नाटक हो की, धनी र गरिबको नाच हो । भनिन्छ ठुलो माछाले सानो माछालाई खान्छ । र यो धु्रव सत्य पनि  हो । नागै नाचे हजार डाउँ । बिरालाको ख्याल देश जनताको सत्यानाश । ३० वर्ष भैसक्यो देश बनाउने होइन  देश कंगाल बनाउनेमा शासक वर्गहरु माहिर छन् । अचम्म लाग्छ आलु बारीमा पठाएको भान्टा बारीमा पुगेछ र मेथी बारीमा पनि पुगेछ । जनतालाई धोका नदिनु, नरुवाउनु, मार्का नपार्नु भनेको हो । खाली भारत अमेरिकालाई खुशी पार्न श्रावन महिनामा आखे फुटेको गोरु सधै हरियो देखिन्छ । बुझ्नेलाई श्रखण्ड नबुझ्नेलाई खुर्पाको बिड । जुन कुरा गर्न हुदैन थियो त्यै गरि हाल्ने, जुन वस्तु खानु हुदैन थियो त्यो खाई हाल्ने त्यस्तै एमसिसि र नागरिक विधेयक कुनै हालतमा पनि पास गर्न हुदैन थियो त्यो पास गरि हाल्यो । नेपाललाई अहित हुने काम गर्नु हुदैन थियो त्या पास गरि हाल्ने । मुखले पानी नखाई नाकले खायो भने के हुन्छ होला? ससुरालीमा बोलाउदा खेरि जे मा पनि हुन्छ भन्नु नि ? आफ्नो बुवाले भने जस्तै भन्दिए । ससुरालीमा भैँसी मरेपनि, सासु मरे पनि, पाखाँ बगाए पनि हुन्छ भन्दिए । भने झै हाम्रो देशका शासक वर्गहरुले पनि लेन्डुप दोर्जे जस्तै गरे । अब आउने चुनावमा याद म्याद नाघेको औषधिले काम नलाग्ने, पुरानो गाडीहरु तेल चुहेको जस्तो र जति पुरानो भए त्यति दुख दिने जस्तै अब आउने मंसिर ४ गते पुराना गाडी र म्याद नाघेको औषधिहरु फेरि प्रयोगमा नल्याऔँ । एमसिसि र नागरिकता विधेयक पास गर्नेलाई तनाव नै तनाव देशभरि चुनावै चुनाव ।

...

All Comments.......


Please Login/Register To Comments