ख्वप कलेज अफ लःका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण


कार्तिक २३, २०७९, बुधबार | विहान ११:५३ बजे | 30


ख्वप कलेज अफ लःका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

कार्तिक २३ गते बुधबार । 
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप कलेज अफ लः मा नयाँ भर्ना भएको विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम कलेजको सभाहलमा बुधबार सम्पन्न भयो । 
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले नेपाली जनतामा कानुनी ज्ञानको कमीले गर्दा गरीबहरुले दुःख पाउने गरेको बताउनुहुँदै नवआगन्तुक विद्यार्थीहरुले सानातिना स्वार्थमा सीमित नभई विषयवस्तुमा दख्खल भएको विषय विज्ञको रुपमा आपूmलाई स्थापित गर्न मार्गनिर्देशन दिनुभयो । 
उहाँले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सभासदहहरुमा कानून विषयको अध्ययन नहुँदा देश लथालिड्ड अवस्थामा पुगेको बताउनुहुँदै नवआगन्तुक विद्यार्थीहरुमा देशको सार्वभौमिकता, स्वाधीनता र देशप्रेमको भावना हुनुपर्ने बताउनुभयो । 
देशको अहिलेको मुख्य समस्या नै शासक दलका नेताहरुले देशको हीतका निम्ति नभई भारतको हीतमा काम गर्नु हो भन्नुहुँदै यसै कारणले भारतीय शासकहरुले नेपाललाई कहिले पनि स्वतन्त्र र सार्वभौम देशको रुपमा व्यवहार नगरेको र हेपाहा दृष्टि राखेको बताउनुभयो । 
ख्वप कलेज अफ ल का प्राचार्य प्रकाशकुमार श्रेष्ठले नव आगन्तुक विद्यार्थीहरुलाई कलेजसम्बन्धी विविध जानकारी प्रदान गरी मार्गनिर्देशन गर्नुभयो भने कार्यक्रममा प्रशिक्षक राजाराम दुवालले पनि बोल्नु भएको थियो । 
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ख्वप कलेज अफ ल अन्ततर्गत यस वर्षदेखि सञ्चालनमा आएको बी.ए. एलएल.बी. कार्यक्रममा २९६ जना विद्यार्थीहरुले पहिलो वर्षमा भर्नाको लागि आवेदन फाराम दिएकोमा ३ समूह गरी दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको र भोली बाँकी १ समूहको लागि भोली २३ गते पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने जानकारी प्राप्त भएको छ । 

Comments