मध्यपुरकाे खाँसीमा नेमकिपाकाे चुनावी सभा


कार्तिक २२, २०७९, मङ्गलबार | विहान ०९:०५ बजे | 30


मध्यपुरकाे खाँसीमा नेमकिपाकाे चुनावी सभा

मध्यपुर, कार्तिक २१ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा नेपाल मजदुर किसान पार्टीको आयोजनामा मध्यपुर थिमीको खाँसीमा चुनावी सभा भयो। सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीलाई तलब खुवाउन समेत विदेशीसँगै ऋण लिनुपरेको बताउँदै घोषणापत्र अनुसार ख्वप नगरपालिकाले झैं अन्य क्षेत्रमा पनि जनतालाई सस्तो र सहज रूपमा स्वास्थ्य सेेवा र गुणस्तरीय शिक्षा दिने बताउनुभयो । उहाँले कामदार वर्गको जनताको सेवा समाजवादी व्यवस्था मात्रै हुने बताउँदै चुनावको प्रयोग गरी जनतालाई सचेत गर्ने बताउनुभयो । भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार अनुराधा थापामगरले देश बचाउने दायित्व मतदाताको पनि रहेको बताउँदै जनताको मतलाई भोजभतेर तथा केही रकम दिएर शासक दलहरूले अवमूल्यन गरिरहेको बताउनुभयो । उहाँले यो चुनावलाई पनि स्थानीय तहकै रूप दिएर विकासका अनेकौं नाराले मतदातालाई आफूतिर तान्न ठूला दल गठबन्धन गरिरहेको बताउँदै शासक दलको कारण देशले हार्ने सम्झौता खारेज गर्न नेमकिपाले संसददेखि सडकसम्म संघर्ष गरिरहेकाे बताउनुभयो । उहाँले जनताको मृत्यु पछि दिने क्रियाखर्चको सट्टा नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने बताउँदै कृषिको माध्यमबाट आत्मनिर्भर हुन र देश बेच्ने पार्टीलाई सबक सिकाउन अब देशभक्त नेमकिपाकाे चुनाव चिन्ह मादलमा छाप लगाउन अनुरोध गर्नुभयो । भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (क) का उम्मेदवार सरोजराज गोसाइँले भूकम्पको समयमा जारी संविधानको विरुद्ध भारत सरकारले गरेको अमानवीय नाकाबन्दी हटाउन सर्वप्रथम नेमकिपाले संसदमा आन्दोलन सुरु गरेको बताउँदै गठबन्धनले पठाएको नागरिकता विधेयक मा अंगीकृत नागरिक र २०६३ पछि नागरिकता पाएका भारतीयलाई वंशजको नागरिकता दिने प्रावधान रहेको बताउनुभयो । उहाँले नेमकिपाले अहिले चुनावमा देशभर ५८ जिल्लामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार देशको सार्वभौमिकता बचाउन उठाएकाे बताउनुभयो । सोही सभामा भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (ख) का उम्मेदवार रमेश वैद्य लगायतले बोलेका थिए

Comments