विनायकका विद्यार्थीहरु clay crafts कार्यशालामा
कार्तिक २१, २०७९, सोमबार | विहान ११:४५ बजे | 35
मध्यपुर ठिमी भक्तपुर विद्यार्थीहरुलाई सानैदेखि व्यावहारिक ज्ञान तथा सीपहरू सिकाउँदै भविष्यमा स्थानीय स्रोत र साधनको उपयोग गराउनु पर्दछ भन्ने अभिष्ट बाेकेको विद्यालय विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल ले प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि क्ले वर्क कार्यशालाको आयोजना गर्यो। यही कात्तिक 20 गते प्राथमिक तहका शिक्षिकाहरुकाे संयोजनमा आयोजना गरिएको उक्त कार्यशालामा कक्षा १,२ र ३ का विद्यार्थीहरुलाई सामाजिक शिक्षा भित्रको पाठ्यक्रम अन्तर्गत माटाका विभिन्न मूर्तिहरू तथा आकार बनाउन सिकाइएको थियाे । उक्त कार्यशालाले विद्यार्थीहरुमा सीपमूलक शिक्षाको ज्ञान प्रवाह गर्न सफल भएको र आँफैले प्रयत्न गरे हरेक कुराहरु निर्माण गर्न सकिन्छ भन्ने कुराको ज्ञान विद्यार्थीहरुले प्राप्त गर्न सफल भएको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले बताउनुभयो। त्यस्तै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले अबका विद्यार्थीहरुलाई काेरा किताबी ज्ञानमा मात्र विज्ञानमा मात्र सीमित नराखी व्यावहारिक र प्रगतिवादी शिक्षा (progressive education ) प्रदान गर्दै जानुपर्ने र यसबाट विद्यार्थीमा सीपमूलक शिक्षाको विकास हुँदै भविष्यमा आत्मनिर्भर नागरिक बन्न सफल रहने कुरा पनि बताउनुभयो ।उक्त कार्यशालामा शिक्षक शिक्षिकाहरुको निर्देशनमा विद्यार्थीहरुले आफूलाई मनपरेका माटाका विभिन्न मूर्तिहरू रमाई-रमाई बनाएर प्रदर्शनसमेत गरेका थिए।