भनपा प्रमुख प्रजापति नमूना मतदान गर्नुहुँदै
कार्तिक २०, २०७९, आइतबार | विहान १०:४९ बजे | 175
२०७९ कार्तिक २० गते आइतबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका परिसरमा सम्पन्न जिल्ला निर्वाचन कार्यालय, भक्तपुरद्वारा आयोजित नमूना मतदानमा आइतबार मतदान गर्नुभयो ।
आगामी मसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी स्वरुप नमूना मतदान गरिएको हाे ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जिल्ला प्रहरी परिसर, भक्तपुरका प्र.ना.उ. राजु पाण्डे, इन्द्रबक्स गण, सूर्यविनायक ब्यारेकका सेनानी श्यामराजा विक्रम थापा, सशस्त्र प्रहरी बल गुहेश्वरीका स.प्र.उ. नर बहादुर राउत, कार्यालय प्रमुखहरु, पत्रकारहरु, नगरपालिकाका कर्मचारीहरु लगायत सर्वसाधारण गरी ११० जनाले नमूना मतदान गर्नुभएको थियो ।
नमूना मतदानमा जिल्ला निर्वाचन कार्यालय र भक्तपुर नगरपालिकाका कर्मचारीहरुले मतदान कार्यमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी तथा स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।