नेवाः समुदायको साझा मुद्दा तयार गर्नुपर्ने


कार्तिक १७, २०७९, बिहीबार | दिउँसो ०३:१८ बजे | 55


नेवाः समुदायको साझा मुद्दा तयार गर्नुपर्ने

ललितपुर । नेवार समुदायकाे राष्ट्रिय संगठन नेवाः देय् दबुले वाग्मती प्रदेशका लागि मंसिर ४ गते लक्षित प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनलाई ध्यानमा राखेर आदिवासी नेवाः समुदायको साझा मुद्दा तयार गर्नुपर्ने विषयमा ललितपुरकाे त्यागलमा मंगलबार भएकाे पत्रकार सम्मेलन गरेकाे छ । नेवाः देय् दबु स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा आदिवासी नेवाः समुदायको साझा मुद्दा तयार गर्नुपर्ने ठहर गर्दै, नेपालको संविधान सभावाट निर्माण गरेको नयाँ संविधान, आदिवासी जनजाति सम्वन्धी अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं.१६९(आइएलओ १६९), आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्रसंघीय घोषणा पत्र (युएनड्रिप),आदिवासी सम्वन्धित विभिन्न सन्धिलाई आधार लिई अघि बढ्नुपर्ने, वाग्मती प्रदेस सभा सदस्य र प्रदेश सरकारले गर्नुपर्ने कार्यलाई लिएर नेवाः साझा मुद्दाको रुपमा तयार गरिएकाे छ । वाग्मती प्रदेश सभा सदस्य उम्मेदवारहरु सबैलाई साथै सम्बन्धित राजनीतिक दललाई दिने र भोलीका दिनमा कार्यान्वयन गर्न र गराउनका लागि नेवाः समदायकोतर्फवाट हस्तान्तरण गर्न नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समिति र वाग्मती प्रदेश समितिले विभिन्न संगठनका प्रतिनिधि, कानुन व्यवसायी, नेवाःअग्रजहरुसंग छलफल गरि वाग्मती प्रदेशवाट कार्यान्वयन गर्नका लागि नेवाःहरुको साझा मुद्दाको रुपमा १३ बुँदे मुद्दासहित प्रस्तुत सार्वजनिक गरिएको थियाे ।

Comments