मेरो उम्मेदबारी समग्र काठमाडौंको विकासका लागि ः राजेन्द्रप्रसाद श्रेष्ठ


कार्तिक १७, २०७९, बिहीबार | दिउँसो ०१:२८ बजे | 45


मेरो उम्मेदबारी समग्र काठमाडौंको विकासका लागि ः राजेन्द्रप्रसाद श्रेष्ठ

काठमाडौं । काठमाडौं क्षेत्र नं ७ को प्रतिनिधि सभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उम्मेदबार बनेका राजेन्द्रप्रसाद श्रेष्ठले आफनो उम्मेदबारी समग्र काठमाडौंको विकासका लागि भएको बताएका छन् । उनले गैरन्यायिक सडक विस्तार पीडित जनतालाई पुनस्थापित गर्न रहेको पनि बताए । काठमाडौका धेरै स्ववासी सडक विस्तारको नाममा भएको घर विना मुआव्जा भत्काइँंदिंदा पीडित बनेको भन्दै श्रेष्ठले आफूले विजयी हासिल गर्न सफल भए त्यस्ता पीडितहरुलाई पुनस्थापित गर्ने प्रतिवद्धता जनाए । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले बाबुराम भटराई प्रधानमन्त्री भएको बेला सडक विस्तारका नाममा धेरै काठमाडौबासीको विच्चली गरेको बताए । सडक विस्तार गरेर काठमाडौंका स्ववासीलाई अन्याय गरेको भन्दै उनले सडक विस्तार गर्नुको सटा काठमाडौं स्थानीयतालाई जोगाउनु आवश्यक रहेको बताए । सडक विस्तार गरेर यहाँं को चाहिं विदेशी हेर्न आउँंछ, जबकि उनीहरुको देशमै फराकिलो सडकहरु जति पनि छन्, उनले भने, यहाँं विदेशी हेर्न आउने भनेको यहांका कला, संस्कृति, सम्पदा, परम्परा, जात्रापर्व हो, त्यसकारण बरु यसलाई जोगाउन सक्नुपर्छ । 
यो क्षेत्रमा पूर्व प्रधानमन्त्री डा बाबुराम भटराईकी छोरी मानसी यमी भटराईलगायत विभिन्न पार्टी र स्वतन्त्रसहित २९ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् । 
उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका श्रेष्ठले आफू पाँंच ज जल, जमिन, जंगल, जडिवुटी र जनशक्तिको उच्चतम सदुपयोग गरी दिगो विकासको आधार तय गर्न तत्पर रहेको पनि बताए । काठमाडौंका उतरी भेगमा रहेको यो क्षेत्रमा कुल ६१ हजार मतदाता रहेका छन् । 

Comments