नेपालको संविधान र समाजवाद


कार्तिक १६, २०७९, बुधबार | दिउँसो १२:३२ बजे | 30


नेपालको संविधान र समाजवाद

डा. राजेन्द्र कोजू
नेपालको संविधान २०७२ ऐतिहासिकक्रमभङ्गताले स्थानपाएको छ । यो संविधान नेपालको इतिहासमा संघीयता सहितको पहिलो संविधानहो । नेपालको संवैधानिकविकास क्रमलाई हेर्दा २००४ सालमापहिलो लिखित संविधानजारी भयताहालसम्म७ वटा संविधानलागू भईकेका छन् । यीमध्ये नेपालको संविधान २०७२ नै यस्तो संविधानहो जुन संविधान सभाद्वारा बनेको हो ।  यस संविधानमामूलत ः संघीयता, गणतन्त्र, समानुपातिकनिर्वाचन प्रणाली, धर्मनिरिपक्षतानयाँव्यवस्थागरिएका छन् । त्यसो त, यो संविधानविश्वकैउत्कष्ृट संविधानभएको जिकिर गर्नेहरुपनि छन् । अर्को महत्वपूर्ण पक्ष के छ भने संविधानको भाग १ को प्रारम्भमाधारा ४ उपधारा १ मा नेपाल समाजवादउन्मूख राज्यहो भनीउल्लेख पनिगरिएको छ । यस कारण नेपालको संविधान २०७२ लाई नेपालीमोडेलको समाजवादको प्रस्थानविन्दु मान्न सकिन्छ । तसर्थ, नेपाली समाजको आजको बाटो भनेको प्रतिस्पर्धात्मकवहुदलीयलोकतान्त्रिकशासन प्रणाली,नागरिक स्वतन्त्रता, मानवअधिकार, मौलिकअधिकार, आवधिकनिर्वाचन,वालिगमताधिकार , प्रेस स्वतन्त्रता, स्वतन्त्रन्यायपलिका,शक्ति पृथकिकरणको सिद्धान्त, कानूनी सर्वोच्चताको अवधारणा लगायतलोकतान्त्रिकमूल्य र मान्यतामाआधारित रही समाजवादप्रति प्रतिवद्ध रही समृद्ध, सवल र स्वतन्त्र, अभिभाज्य राष्ट्र निर्माण गर्नु नै हो ।वास्तवमा, संविधानजीवनको बाटो हो । जसले मानिसको जिवन पद्धति निर्माण गर्दछ । तसर्थ, अरस्तु भन्छन् ‘संविधानजीवनको वाटो हो, जसको छनौट राज्यका सबै कानूनहरु निर्माण हुन्छन् । त्यसैले कानूनको निर्माण हुँदा÷गरिँदा समाजवादको चरित्र प्रतिविम्वितहुनु अनिवार्य छ । समाजवादकाआधारभूत सिद्धान्त र मर्म विपरित हुने÷गरिने सबै निर्णयहरु खरेज गरी संविधानकाअन्तरबस्तुहरुलाई बुझने जनप्रतिनिधि छनौट गर्न जनता सक्षमहुनआवश्यक छ ।जनताविनेको, स्वतन्त्र, निश्पक्ष र चेतनशीलनभएमा संविधानकागजको खोस्ता सुावितहुने गर्दछन् । अबको चुनावमाजनताले विद्रोह गर्नुपर्छ । विद्रोह भनेको रगतको आहालबनाएर मात्रहोइन, परम्परागतधार र मान्यतामाक्रान्तिकारी परिवर्तन गरी चुनावमा समाजवादी र  प्रशिक्षितव्यक्तिलाई मात्र संसदमा पढाएर विद्रोह गर्न सकिन्छ । 
का के हो त समाजवाद?
समाजवाद एउटा राजनीतिक प्रणाली वाव्यवस्थाहो । जहाँआर्थिक, समाजिक र वर्गीय जातीयविभेद रहने छैन । श्रमको सम्मान र इज्जतगरिन्छ । योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाबन्दोबस्त हुन्छ । सबै खालकाअसमानताहरु र विभेदहरु अन्तभएको अवस्था हुन्छ । मूख्यमूख्यउत्पादनकाश्रोत साधनउद्योग र कलकारखानाहरु मथि राज्यको स्वामित्वकायम रहन्छन् । मानिसकाआधारभूतआवश्यकताहरुको पूर्ति गर्ने दायीत्व राज्यले बहनगर्दछ । शिक्षा, स्वास्थआवास,गास वास र कपासकोग्यारेण्टि गरिएको हुन्छ ।जनताखुसी र सन्तोष हुन्छन् ।धनी र गरिव वीचको खाडल हुने छैन । यस्तो व्यवस्था समाजवादीमूलुकमामात्रसम्भव हुन्छ । श्रमिक, मजदुर र काम गरी खाने जनताको अधिनायकत्ववाप्रजातान्त्रिक नियन्त्रण कायमहुन्छ । तर यो व्यवस्थामापुग्ननिर्मम संघर्ष, त्याग, बलिदानअनिवार्य हुन्छ । यो सजिलो तरिकाले प्राप्तहुनेछैन । माक्र्सवादी र लेनीवादी सिद्धदान्तका आधारमानिर्माण भएका पार्टीहरु बलियो, सुद्दढ र सुसंगठित भएमामात्र समाजवादको लक्ष्य पूरा हुन्छ । विश्वको कम्युनिष्ट पार्टी विकासको इतिहास पढ्दा के देखिन्छ भने समयकाल संगै विभिन्नप्रवृतिका मान्छेहरुको घुसपैठ भएको र कालान्तरमा कम्युनिष्ट सत्ताहरु ढलेकाथुप्रै उदाहरणहरु छन् ।
कम्युनिष्टपार्टीहरुकोविकास हुँदै जाँदाजनवादीकेन्द्रियताको नाममा सर्वसत्ताको चरणसम्म पुगेको अनुभवहरु प्नि छन् ।त्यस्तो त समय र परिस्थितिले आवश्यक ठानेका तात्कालीनअवस्थालेगर्दा कम्युनिष्ट सत्तावहुमतको तानाशाहमा परिणत भएकाइतिहास पनि छन् । यी सबै अनुभवहरु र परिघटनाहरुअध्ययन गरी नेपालको सन्दर्भमा कस्तो खालको समाजवादीमोडेल आवश्यक छ  त भन्ने सवालमामसिनो ढङ्गको अध्ययन, विमर्श र अनुसन्धानआवश्यक छ । अझ, नेपालको संविधान २०७२ ले समाजवादको आधारतयार गर्ने वाटो खोलेको छ । तर, एकले अर्कोलाई जित्न र हराउननसकेका कारण चित्तबुझाउनकालागि समाजवादउन्मूखशब्दको प्रवेश  सम्म गराएको विश्लेषण पनि छ । जनताको आँखामा छारो हाल्ने उद्देश्यले राखिएको भएतापनि संविधानको प्रारम्भिकभागमा नै समाजबादलाई स्वीकार गर्नुलाई पनिकमआकलनगर्न मिल्दैन तर संविधानको कार्यन्वयतकालागिबनाईने नीति, नियम र कानूनका सन्दर्भमाविहंगम दृष्टिले अध्ययन गरी समाजवादी सिद्धान्त अनुरुपको कानूनबन्यो कि बनेन ? सो अनुरुप बजेट, नीतितथाकार्यक्रमबन्यो कि बनेन ? र समाजवादमाविश्वास गर्ने जनप्रतिनिधिचुन्न सक्यौ कि सकेनौं ?यतातर्फ ध्यानदिनआवश्यक छ । नेपालको संविधान समाजवादको प्रस्थानविन्दमान्नेहरुले संचेत ढङ्गवाट आफ्नो राजनीतिक वैचारिक, सांगठनिक साँस्कृतिकअभियानजारी राख्नै पर्छ । यदि राजनीतिक खेल मैदानमाकच्चाखालका खेलाडी छनौट गरियो भने वा सो मैदानखालीहुनगयो भने पश्चगामीहरुले जरुर टाउको उठाउने छन् । ‘क्रान्ति,क्रान्ति र फेरी क्रान्ति’भन्नेभावना र वीचारद्वारानिर्देशितहुनुको सत्ताप्राप्तउपलब्धिमै रमाउने, अल्झिने र अल्मलिने नेताकार्यकर्ता तयार भयो भने हिजोकाक्रान्तिकारीहरुको कमजोरीमा खेलेमाधमिलो पानीमा माछा मार्न पल्केकाहरुले जनताको राजनीतिक चेतना र धारलाई भुत्ते बनाउनेछन् र आजसम्मकाउपलव्धिहरु समेत गुम्ने खतरामापुग्नेछ ।जतिसुकै व्यवस्था परिवर्तन भएपनिमानिसहरुले सजिलैप्रवृति र संस्कार बदल्नसक्दैनन् । अनुसन्धानले के देखाएको छ भने मान्छेले आफ्नो संस्कार र प्रवृतिबदल्न १३ वर्ष लाग्छ । त्यो पनिबदल्नबाध्यहुने अवस्था, वातावरण र वाध्यता (दवाव,प्रभाव) सिर्जना हुनुपर्छ । व्यवस्थाबदलेपनि बाघ हिंसा गर्न छोड्दैन, घोडाले घाँस खान छोड्दैन । आजहामीले नयाँ राजनीतिकव्यवस्था त ल्यायौं तर पश्चगामीप्रवृतिलाई जिवन पद्धति बनाएकामानिसहरुलाई संगसंगै हिडाईरहेका छौं । उनीहरुलाई काँघमा बोकेर टाउकोमा टेकाएर, डढेलमाबोकेर हिडाईरहेका छौँ । किनकीचुनावमा एक थानभोटले पनिहार र जीतनिकाल्ने ल्याकट राख्छ । शासकलाई शासित रशासितलाई शासकबदल्न एक थानभोटको पनिविशेष महत्व छ । त्यसकारण जस्तो सुकै सोच र सिद्धान्त बोकेर हिड्न वाध्य छन् ।निधारमा टीका लगाएपछि शत्रु मित्रबन्ने र मित्रशत्रु बन्ने जुनअभ्यास गर्दैआएका छौं, जो आफै काँधमाबोकेर हिडेका ती मान्छेहरुजो पश्चगामी सोचका छन् , नै भोलीआफ्नै विरुद्ध पड्किने वम र वारुदबन्ने निश्चित छ ।  मान्छेले झण्डा बदल्छन्, पार्टी बदल्छन्, नाम बदल्छन् तर सोच, शैली र तरिका र प्रवृतिबदल्दैनन् भने यसले समाजमा र जनताको अवस्थामा अर्थपूर्ण परिवर्तन हुँदैनन् । त्यसकारण, समाजवादउन्मूख संविधानकार्यन्वायनकालागि समाजवादी सोच, व्यवहार, सिद्धान्त र चिन्तनभएका नेता, नेतृत्व र पार्टीले हस्तक्षपकारी भूमिकानिर्वाह गर्न जरुरी छ । नत्रसमाजवादउन्मूखहाम्रो संविधानलाई सरकारले , बजेटले, विधेयकले, नियमकानूनले सधै गिज्याईरहनेछन्  ।

Comments

ताजा खबर