मेरो उम्मेदवारी जनताको सेवाका लागि ः प्रदेश सभा उम्मेदवार सुरेश श्रेष्ठ


कार्तिक १६, २०७९, बुधबार | विहान ०६:१२ बजे | 45


मेरो उम्मेदवारी जनताको सेवाका लागि ः प्रदेश सभा उम्मेदवार सुरेश श्रेष्ठ

पुष्कर बुढाथोकी
भक्तपुर । आसन्न प्रदेश सभा निर्बाचनमा नेपाली कांग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ चाँगुनारायण प्रदेश सभा “क” बाट प्रत्यक्ष तर्फका उम्मेदबार सुरेश श्रेष्ठले आफ्नो उम्मेदवारी जनताको सेवाका लागि भएको बताउनुभएको छ ।

आज भक्तपुरमा सकृय पत्रकारसँगको भेटघाटका क्रममा उम्मेदबार  श्रेष्ठले समृद्ध चाँगुनारायण बनाउन दिनरात नभनी खटिने बताउनुभयो ।श्रेष्ठले आफू एकथान प्रदेश सांसद्को फुली लगाउनमात्र उम्मेदवार नबनेको भन्दै यहाँको गुणस्तरीय शिक्षा,स्वास्थ्य,रोजगार,खानेपानी,आधुनिक कृषि प्रणाली, सडक निर्माण र स्तरोन्नतीको काममा लागि पर्नका लागि उम्मेदवार बनेको बताउनुभयो ।

आफू सांसद पदमा निर्वाचित भए प्रदेशसभामा चाँगुनारायणको आवाजलाई बुलन्द पार्दै यहाँको बिकास,समृद्धिका लागि नीति,कार्यक्रम तथा बजेट पार्न सकृय रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेशको थप अधिकारको लागि  प्रदेश संसदमा सशक्त आवाज उठाउने बताउँदै  उहाँले जनतामाझ संघीयता र प्रदेश सभाको महत्व बुझाउन र प्रदेशलाई केन्द्रले दिएको अधिकार थप गर्न भुमिका खेल्ने बताउनुभयो ।

बिकास निर्माणको पहिलो खुड्किलो सडक नै हो भन्दै उहाँले आधुनिक कृषि प्रणालीको बिकास गरेपछि उत्पादित बस्तुहरु बजार सम्म पुरयाउन सडक चाहिन्छ। त्यसैले सडक फराकिलो बनाउने,सडक नभएको ठाउँमा सडक खोल्ने र कच्चि सडक बनाउने तथा कच्चि सडकलाई स्तरोन्नति गरि कालोपत्रे गर्ने काममा लागि पर्ने उल्लेख गर्नुभयो ।

सडकको बिकास भएर मात्र नहुने भन्दै श्रेष्ठले सडकमा सार्बजनिक यातायातका साधन पनि प्रदेश समिति भित्र संचालनमा ल्याउन पहल गर्ने दृढता ब्यक्त गर्नुभयो ।नगरकोट सडक निर्माणमा भैरहेको ढिलाई प्रति आफु सजग र सचेत रहेको बताउँदै यसलाई यथाशीघ्र सम्पन्न गर्न सम्पुर्ण शक्तिले लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

परम्परागत पेट पाल्नका लागि मात्र खेति गरिरहेको सन्दर्भमा अब परम्परागत कृषि प्रणालीलाई पूर्णरुमा परिबर्तन गरि आधुनिक कृषि प्रणाली अँगाल्नु पर्ने र त्यसका लागि टनेल र हाईटेक प्रबिधिको प्रयोगमा जोड दिनु पर्छ –उहाँले भन्नुभयो ।यसका लागि आधुनिक औजार र प्रबिधि प्रयोगमा अनुदानको ब्यबस्था गर्न ,उन्नत जातको बीउ,मल ,सिंचाई र बजार ब्यबस्था गर्न पहल गर्ने उहाँको भनाई छ ।

किसानलाई नगदेबाली लगाउन प्रेरित गर्ने,कृषि र पर्यटनलाई जोडेर  अघि बढ्न र किसान  तथा सरकारलाई मनग्य आम्दानी हुने हुँदा यसमा विशेष जोड दिने उहाँको योजना छ ।

कृषि र पर्यटनलाई  जोड्न गाउँगाउँमा ठूला होटल ब्यबस्था गर्ने र होमस्टेलाई प्राथमिकता दिने उहाँको सोच छ ।उहाँले भन्नुभयो ,“चाँगु मन्दिर र नगरकोट पर्यटकका मुख्य गन्तव्य हो,पर्यटकका लागि खाना र तरकारी ,नास्ता स्थानीय किसानले उत्पादन गरेको दुध दहि,माछामासु,अण्डा हरिया सागपात अन्य तरकारीहरू प्रयोगमा ल्याउन प्रेरित गर्नु पर्छ। पर्यटकलाई पनि किसानका खेतबारीमा अबलोकन गराउने , जसले गर्दा पर्यटकको बस्ने समय पनि लम्ब्याउन सकिन्छ  ,समग्रमा कृषिलाई  पर्यटनसँग जोड् न अपरिहार्य भईसकेको छ। त्यसलाई मैले प्राथमिकताका साथ अघि बढाउनेछु।”

यहाँको खानेपानीको समस्या समाधान गर्न मेलम्ची आयोजना परेकाले दीर्घकालिन्समस्या समाधान गर्न सकिन्छ। मेलम्ची नआईपुग्दा सम्म नगरकोटकै पानीबाट ब्यबस्थापन गर्न सकिने उहाँको भनाई छ ।

खोलाको किनार छेउमा ठूला बोरिङहरू गरी डाँडामा ट्याङ्कि राखेर बितरण गर्न सके खानेपानीको समस्या समाधान गर्न सकिने बताउँदै उहाँँले पानीका बैकल्पिक स्रोतहरूको बढी प्रयोग गरेर पनि समाधान गर्न सकिन्छ। तर ठूला आयोजना ल्याउन सके दीर्घकालिन समाधान गर्न सकिन्छ भन्नुभयो ।

गुणस्तरीय शिक्षाका लागि नीजि र सामुदायिक बिद्यालय बीच  हुने बिभेदको अन्त्य गर्न,शिक्षकहरूलाई समयानुकुल तालिमको ब्यबस्था गर्न,समयमा बिद्यार्थीको हातमा पुस्तक पुरयाउनु पर्छ। ब्यबस्थापन,विद्यार्थी र अभिभाबको समधुर सम्बन्ध बनाएर शैक्षिक क्षेत्रको बिकासमा जोड दिने उहाँको भनाई छ ।

यसैगरी युवालाई यही रोजगार दिलाउन उद्योग धन्दा कलकारखाना खोल्न प्रेरित गरी रोजगारी सिर्जना गर्ने,स्वास्थ्यलाई सबैको पहुँच पुरयाउन भएको अस्पताललाई स्तर उन्नती गर्दै सेवा सुबिधा सम्पन्न बन्न पहल गर्ने लगायत सबै काम  गर्नका लागि दिन रात नभनि खटिने उहाँको प्रतिबद्धता छ ।
उहाँले भन्नुभयो “मेरो खटाई समृद्ध चाँगनारायण प्रदेश बनाउनका लागि हुनेछ यसका लागि चाँगुनारायणबासी नागरिक,बुद्धिजीवी,नागरिक अगुवा ,समाजसेवी ,संचारकर्मी सबैको सहयोग र साथको आशा एबं बिश्वास गरेको छु ।”

 



Comments