मेरो जित निश्चित छ ः स्वतन्त्र उम्मेदबार कासिछ्वा
कार्तिक १५, २०७९, मङ्गलबार | विहान ११:४२ बजे | 45
भक्तपुर । भक्तपुर क्षेत्र नं १ (१) चाँंगुनारायण क्षेत्रका एकजना स्वतन्त्र उम्मेदबार श्रीभक्त कासिछ्वाले आफनो जित निश्चित भएको दावी गरेका छन् । उनले आफनो उम्मेदबारी कुरा गर्न नभई काम गर्न भएको बताएका छन् । मंगलबार यहाँं पत्रकार सम्मेलन गरी आफनो प्रतिवद्धतापत्र सार्वजनिक गरी उनले कुरा गर्न मात्र होइन काम गर्नको लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको र जनताको सेवा नै आफनो एकमात्रै उद्देश्य रहेको दावी गरे ।
यसअघि यस क्षेत्रबाट पटकपटक निर्वाचित कांग्रेस एमालेबाट जितेर गएका ठूला दलका विजयी विजयी उम्मेदबारहरुले कुरा मात्रै गरेको तर काम केही नगरेको आरोप उनले लगाए । यही कारण यो पटक जनताले आफूलाई विश्वास गरेर जिताउने पक्कापक्की भएको उनको दावी थियो ।
ऐतिहासिक तथा पुरातात्विक दृष्टिले ज्यादै महत्वपूर्ण भएता पनि विकास निर्माणका दृष्टिले यो क्षेत्र ओझेलमा परेको र आफूले विकासको लहर चलाउने दावी उनको छ । विगतमा निर्वाचित जनप्रतिनिधिहरुले जनतालाई आश्वासन बाढ्ने काम मात्र गरे, उनले भने, दिइएका आश्वासन पनि पुरा गर्ने काम भएनन् ।
“खोला त¥यो लौरो बिर्सियो” भने जस्तै चुनाव जितेपछि आफ्नो वाचाहरू भुल्ने र मतदान गरी पठाउने जनतालाई सुख दुःखमा साथ नदिने प्रवृति यथावत कायम रहेको उनले बताए ।
सुखदुःखको साथी एवं सहयात्री भएर विकासको तीब्र चाहनालाई पुरा गर्न स्वतन्त्र उम्मेदवारीको रूपमा “जेब्रा” चुनाव चिन्हृ लिएर उभिएको उनले बताए ।