म प्रेम सुवालजस्तो सांसद हुन चाहन्छु ः दुर्लभ थापा
कार्तिक १४, २०७९, सोमबार | दिउँसो ०३:५० बजे | 55
भक्तपुर । नेपाली काग्रेसकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदबार दुर्लभ थापाले आफू विजयी भएमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल जस्तो सक्रियतापूर्वक नीति निर्माणको बहसमा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । नागरिक दैनिक पत्रिकाको नागरिक निर्वाचन बहसको अन्तर्वार्ताको क्रममा उनले नाम नै लिएर प्रेम सुवाल र चित्रबहादुर केसी जस्तै नीति निर्माणको निर्माणण सक्रियतापूर्वक लाग्ने बताए ।
एकजना सांसदको काम नीतिनिर्मार्णमा लाग्ने स्पष्ट पार्दै उनले आफना विपक्षी एमाले उम्मेदबारले स्थानीय निकायले गर्ने काम गर्छु भनेर स्थानीय निकायको काममा हस्तक्षप गरिरहेको बताए । विपक्षी ती सांसदले म विजयी भएमा तपाईको घरसम्म बाटो ल्याएर दिन्छु भनी झुठा आश्वासन दिएर जसरी पनि चुनाव जित्ने प्रपञ्चमा रहेको उनले बताए । उनले ती सांसदले विकास निर्माण सवै ठेक्का आफैंलाई दिनुपर्ने भनी भए नभएको दम्भको काम गर्दै आएको आरोप उनले लगाए । उनले स्वच्छ निर्वाचन भए आफू सजिलै विजयी हुने पनि बताए ।