भक्तपुरमा पनि नो महेश वस्नेत अभियान !


कार्तिक १३, २०७९, आइतबार | विहान ०५:५७ बजे | 30


भक्तपुरमा पनि नो महेश वस्नेत अभियान !

भक्तपुर । भक्तपुरमा पनि नो भोट अभियान देखिएको छ । राजनीतिक दलका शीर्ष नेताहरुलाई नो, नट अगेन भने जस्तै यहाँं पनि एमालेबाट पुनः भक्तपुर क्षेत्र नं 2 मा प्रतिनिधि सभाका उम्मेदबार महेश वस्नेतविरुद्ध यस्तो अभियान देखिएको हो । सामाजिक सञ्जालमा वस्नेतको फोटोसहितको डिजाइन गरेर पोष्ट गरी यस्तो अभियान चलाइएको हो ।
अवको निर्वाचनबाट ससम्मान विदा गरौ भन्ने नाराका साथ उनको फोटो माथि यो बाक्य लेखिएको छ । त्यसको मुनि पनि उनकाविरुद्ध लेखिएका छन् । वस्नेत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।  

Comments