के दाहाल गाउँं र गेलाल गाउँंको भोट एमालेलाई जाला ?


कार्तिक १२, २०७९, शनिबार | विहान ०८:२० बजे | 25


के दाहाल गाउँं र गेलाल गाउँंको भोट एमालेलाई जाला ?

भक्तपुर । शतप्रतिसत भक्तपुर क्षेत्र नं १ क चाँंगुनारायणको टिकट पाउने आशा गरिएका नबराज गेलाललाई अन्तिम अबस्थामा प्रतिनिधि सभा सदस्यमा टिकट दिएपछि ३०० घरधुरी भन्दा बढी रहेको गेलालकै गाउँंका दाहाल गाउँ र झण्डै १०० घरधुरी रहेको गेलाल गाउँका कार्यकर्ताले एमाले उम्मेदबारलाई भोट देलान् कि नदेलान् भन्ने शंका उव्जेको छ । गेलालले टिकट नपाउँदा एमाले उम्मेदबार मोहनवीर श्रेष्ठलाई सहयोग गर्दैनन् भनेर अन्य दलहरूले भ्रम फैलाइरहेका छन् ।
गेलाल प्रनिनिधि सभा होइन, प्रदेश सभा चाँंगुका उम्मेदबार बन्न चाहन्थे । त्यसमा उनी ढुक्क पनि थिए । त्यही कारण उनका समर्थक शुभचिन्तकहरु उत्साहित पनि थिए । तर उनले टिकट पाएनन् प्रदेश सभामा ।
प्रदेश सभा सदस्यको टिकट भागबण्डा भएपछि गेलालले प्रतिनिधि सभा सदस्यको टिकट लिन बाध्य भएका थिए । बिहानसम्म निकै उत्साहित रहेका गेलाल समर्थितहरू एकाएक दुखी भएका थिए । संघीय सांसदको टिकट गेलाललाई  नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार भएको छ । 
श्रेष्ठ पहिलेका चाँगु गाबिसकका अध्यक्ष हुन् । उनी  गाबिस अध्यक्ष हँुदा पदको दुरुपयोग गरेर सडक मापदण्ड मिचेर घर बनाएको आरोप लगाएका छन् । भोट माग्न जाँदा पनि गाबिस अध्यक्ष जिताएर सडक मिचेर घर बनाउनु भयो अब जित्नु भयो भने सडकको बीचैमा घरबनाउनु हुन्छ होला हैन भनेर ब्यङ्ग्य गर्ने गरेका छन् । यो प्रतिपक्षले छरेको भ्रम भन्दै श्रेष्ठले घर बनाउँदाको मापदण्ड बारे स्पष्टिकरण दिईसकेका छन् । 

स्थानीय चुनाबमा मेयरलाई आएको मतका आधारमा कांग्रेस ५०० मत अघि देखिन्छ भने राप्रपा १५०० मत पछि रहेको छ । राप्रपा र नेपाली कांग्रेस मिलेर उपनिर्बाचनमा एमालेलाई २२०० मतले हराएकोले यसपाली राप्रपा एक्लै चुनाबमा लागेकोले एमालेलाई सहज हुने देखिन्छ ।  एमालेले राप्रपासँग तालमेल हुने बताए पनि राप्रपाले खण्डन गरेको छ । आफूहरूलाई चाँगु प्रदेश सभा छाडे मात्र तालमेल हुने स्पष्ट पारेको छ । 
चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ देखि ९ र भक्तपुर नगरपालिकाको १० नम्बर वडा पर्दछ । भक्तपुर नगरपालिकाको १० नम्बर वडा नेमकिपाको गढ हो । त्यहाँं कांग्रेस र एमालेले पाउने भनेको ३०० देखि ४०० सम्म हो । त्यसैले नेमकिपालाई पनि कम आक्न सकिँदैन । कुन दलले कुनदलको भोट तान्न सक्ने, कुन दलले स्वतन्त्र मतदाताहरूको मत तान्न सक्ने हो त्यसको आधारले पनि  जीतमा प्रभाब पार्छ । सुरेश श्रेष्ठले आफ्नो जित निश्चित भएको गठबन्धन भन्दा बाहेक अन्यदलले समेत आफूलाई मत दिने बताउँछन् । यस्तै मोहनवीर श्रेष्ठ पनि आफ्नो जित हुने पक्का पक्की रहेको बताउँछन् । त्यस्तै राजु कुईकेल उपत्यकामा राप्रपाले चाँगु प्रदेशबाट खाता खोल्ने बताउँछन् । 

Comments