नेपाल मजदुर किसान पार्टीको मुखपत्र
भदौ ९, २०७७, मङ्गलबार | विहान ०६:२५ बजे | 30
रामकृष्ण प्रजापति
नेमकिपा–९ दत्तात्रय समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र मजदुर किसान बर्ष १० अंक १ पूर्णाड्ढ २४ बैशाख असार २०७७ को अन्तरक्रियाका प्रमुख अतिथिज्यू, मञ्चमा आशिन अतिथि गण तथा उपस्थित सम्पूर्ण साथीहरुमा न्यानो अभिभावदन तक्र्याउन चाहन्छु ।
आजको यस अन्तरक्रियामा मलाई पनि सहभागी हुने मौका दिनु भएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।
यो अंकको अध्यक्ष माओत्से तुङका दार्शनिक रचनाः एक छलफल बसन्तीद्धारा लिखित लेखको मुख्य उद्देश्य दर्शन बारे पा“च कृतिहरु जुन दर्शनमा आधारित छन् जनता माझ पु¥याएर सिद्धान्त र व्यवहारको द्धन्दात्मक सम्बन्धबारे प्रष्ट्याउने उद्देश्य रहेको छ ।
यो अंकको अध्यक्ष माओत्से तुङका दार्शनिक रचनाः एक छलफल बसन्तीद्धारा लिखित लेखको मुख्य उद्देश्य दर्शन बारे पा“च कृतिहरु ‘व्यवहारको विषयमा’, ‘अन्तरविरोधबारे’, ‘जनताबीचका अन्तरविरोधहरुको सही सञ्चालन’, ‘वर्ग संघर्ष अझै टुड्डिएको छैन’ र ‘सही विचार कहा“बाट आउ“छ’ यी दर्शन जनता माझ पु¥याउने विषय बस्तु रहेको छ ।
माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ हुनानको शाओसानमा भएको थियो भन्ने मृत्यु ९ सेप्टेम्बर १९७६ भएको थियो । चिनिया“ क्रान्तिकारी राजनीतिक विचारक र समाजवादी नेता, माक्र्सवाद र लेनिनवादलाई आफ्नो भूमिमा लागु गरी माओको नेतृत्वमा चीनमा क्रान्ति सफल भएको थियो । त्यही समयमा लिउ शाओ ची, लिन पियाओ जस्ताले सिद्धान्त र व्यवहार अलग अलग भन्ने गलत दृष्टिकोणलाई चिर्न पनि यो लेख महत्वपूर्ण छ । यो लेख काल्पनिक संसारमा सयर गरेर होइन प्रत्यक्ष ज्ञान तथा अनुभव, युद्ध मैदान र आन्दोलन तथा जन संघर्षको आ“धीवेहरीबीचबाट प्राप्त बहुमुल्य शिक्षाको आधारमा लेख्नुभयो । गम्भीर अध्ययनको आधारमा माक्र्सवादको विश्लेषण गर्नुभयो र माक्र्सवादलाई चिनिया“ माटो सुहाउ“दो ढड्डमा लागु गर्नु भयो र विशाल चीनमा समाजवादको जग बसाल्नु भयो । यो नै उहा“को विशिष्ट गुण या देन हो ।
कार्ल माक्र्सले भन्नु भएझै “दार्शनिकहरुले विश्वलाई विभिन्न तरिकाले परिभाषित गर्ने प्रयास गरे । तर महत्वपूर्ण प्रश्न यसलाई बदल्नु हो ।”
‘व्यवहार विषयमा’ माओ भन्नु हुन्छ ‘माक्र्सवादले सिद्धान्तमा बल दिएको नै यसले क्रियालाई बाटो देखाउनसक्छ भन्ने एकमात्र कारणले गर्दा हो ।’ यसैलाई सजिलोका साथ माओले भन्नुभयो “हामीसंग सही सिद्धान्त भएर पनि हामी त्यसलाई खाली पाठ गर्छौं, दराजमा थन्काउ“छौं मात्र तर कार्यमा प्रयोग गर्दैनौं भने त्यो सिद्धान्त जतिसुकै राम्रो भए पनि महत्वहीन छ । ज्ञान व्यवहारबाट सुरुहुन्छ र व्यवहारबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरी व्यवहारमा नै फर्कनुपर्छ ।” माओले सुत्रात्मक शैलीमा भन्नु हुन्छ–“व्यवहारद्धारा सत्यको खोज गर र फेरी व्यवहारद्धारा सत्यलाई सच्याउ र विकसित गर । व्यवहार, ज्ञान, फेरी व्यवहार, फेरी ज्ञान ।” व्यवहारको महत्व दर्शाउ“दै सर्वहारा वर्गका गुरु स्तालिन भन्नुहुन्छ – “क्रान्तिकारी व्यवहारसित गा“सिएन भने सिद्धान्त निरर्थक हुन्छ, जसरी क्रान्तिकारी सिद्धान्तद्धारा व्यवहारको बाटोमा उज्यालो देखाइएन भने व्यवहार अ“ध्यारोमा छामछाम छुमछुम गरेजस्तो हुन्छ ।” ज्ञान र व्यवहार एक्कै सिक्काका दुई पाटा भएको प्रष्ट पार्दै चिनिया“ उखान “ओडारमा नपसिकन बाघका डमरुलाई तिमी कसरी समात्न सक्छौ ?”
सिद्धान्तलाई व्यवहारमा लागू नगर्दा अहिले कथित कम्युनिष्ट भनाउ“दाहरु सरकारमा रहेर पनि देश र जनताको निम्ति आमुल परिवर्तन हुन नसकेको र संशोधनवाद र अवसरवादमा पटन भई रहेको जग जाहेर छ । नेमकिपा अध्यक्ष का.रोहित भन्नुहुन्छ–“सिद्धान्तमा छुट दिनु भनेको हिमालयमा चिप्लेटी खेल्नुसरह हो ।” साथै “समाजको तल्लो वर्गको निःस्वार्थ सेवाबाहेक हाम्रो कुनै अर्को स्वार्थ छैन ।”
‘अन्तरविरोधबारे’ माओले भन्नुभयो–“भौतिकवादी द्धन्द्धवादबमोजिम प्रकृतिमा हुने हेरफेरको मुल कारण विकास नै हो ।” भन्ने“भौतिकवादी द्धन्द्धवाद के ठान्छ भने बाहिरीया कारणहरु कुनै परिवर्तनका सर्तमात्र हुन् भने भित्रिया कारणहरु परिवर्तनका जग(आधार) हुन् । र बाहिरीया कारणहरु भित्रिया कारणहरु मार्फत नै क्रियाशील हुन्छन् । सुहाउ“दो तापमानमा फुल चल्लामा फेरिन्छ, तर कस्तै तापमानले पनि एउटा ढुड्डालाई चल्लामा फेर्न सक्दैन, किनभने यी दुबैका जग (आधार) नै फरक फरक छन् ।”
माओवादी अराजकतावादी गतिविधि विदेशी उक्साहत जिकिर गर्दे का.रोहित भन्नु हुन्छ – “नेमकिपा विदेशीको खुट्टामा उभिन चाह“दैन ।” साथै माओ भन्नुहुन्छ– “अन्तरविरोध नभएको कुनै चीज छैन, अन्तरविरोध नभई कुनै चीज टिकिरहन सक्दैन ।” भने “अन्तर विरोध सर्वव्यापी र निरपेक्ष हुन्छ, त्यो सबै बस्तुहरुको हुर्काइको प्रक्रियामा सामेल रहन्छ र सबै प्रक्रियाहरुमा थालनीदेखि अन्तसम्म रहिरहन्छ ।” माओको सरल अभिमत “सर्वहारा र पू“जीपति वर्गका माझको अन्तर विरोधको फस्र्यौट समाजवादी क्रान्तिको जुक्तिबाट गरिन्छ, विशाल जनसमुदाय र सामन्ती व्यवस्थाका माझको अन्तरविरोधको फस्र्यौट जनवादी क्रान्तिको जुक्तिबाट गरिन्छ, उपनिवेशहरु र साम्राज्यवादमाझका अन्तरविरोधहरु फस्र्यौट राष्ट्रिय क्रान्तिकारी युद्धका जुक्तिबाट गरिन्छ, समाजवादी समाजमा ज्यामी र किसानहरुका माझको अन्तर विरोधको फस्र्यौट खेतिको सामुहिकिकरण र यान्त्रिकीकरणको जुक्तिबाट गरिन्छ, कम्युनिष्ट पार्टी भित्रको अन्तरविरोधको फस्र्यौट आलोचना र स्वआलोचनाको जुक्तिबाट गरिन्छ, समाज र प्रकृतिका माझको अन्तरविरोधको फस्र्यौट उत्पादक शक्तिहरुको विकास गर्ने जुक्तिबाट गरिन्छ ।” यसरी अध्यक्ष माओ समाजमा नया“ नया“ अन्तरविरोध देखा पर्ने र समाधानका उपाय पनि सोही अनुसार निकाल्नुपर्ने बताउनु हुन्छ । ती अन्तरविरोध कै कारण विभिन्न खालका सामाजिक तथा राजनीतिक क्रान्तिहरुको जन्म हुने तथ्यपरक ढड्डमा उहा“हरुले विश्लेषण पनि गर्नुभयो ।
पू“जीवादी समाजको आधारभुत अन्तरविरोध उत्पादनको सामाजिकस्वरुप र स्वामित्वको निजीस्वरुपबीचको अन्तरविरोध हो भन्ने निष्कर्षमा कार्ल माक्र्स पुग्ुनभयो । उहा“ले पू“जीपति वर्ग र सर्वहारा वर्गको अन्तरविरोध चकिर्“दै जाने र त्यसले नया“ वर्गविहिन समाजको निर्माण गर्ने विचार तार्किक तथा वैज्ञानिक विश्लेषण सहित प्रस्तुत गर्नुभयो । यसै प्रसंगमा माओ भन्नुहुन्छ “ एकताका शोषित वर्ग भएर बसेको सर्वहारा वर्ग क्रान्तिको बाटोबाट शासक वर्ग हुनपुग्छ, तर उता पहिले शोषक वर्ग भईआएको पू“जीपति वर्ग चाहि“ शासित वर्ग हुनपुग्छ र त्यस स्थितिमा पुग्छ जुन ठाउ“मा अघि उनको विरोधी बसेको थियो । सोभियत संघमा यस्तो भई सकेको छ र पछि गएर अरु सिड्डै संसारमा पनि यस्तै हुन्छ ।” सत्रुता र अन्तरविरोध उहीं होइन ।
‘जनताबीचका अन्तरविरोधहरुको सही सञ्चालन’ बारे १९५७ फेब्रुअरी २७ मा चीन र चिनिया“ कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिलाई कसरी निरन्तरता दियो ? कसरी प्रतिक्रान्तिकारीहरुसंग मुकाबिला ग¥यो ? सामाजवादको जग निर्माणमा कति रक्तपसिनाको खोला बग्यो ? समाजवादको रक्षा गर्न र सफलता तर्फ अगाडि बढ्न संघर्ष के कसरी अगाडि बढाईयो ? आदि बारे चर्चा गरेकोमा “हाम्रो जनवादी क्रान्ति एक रातमा बनाई सकिएको होइन । यो बिस्तारै बिस्तारै क्रान्तिकारी आधारहरुबाट हुर्किदै आएको हो ।” । माओ अगाडि भन्नुहुन्छ “बाड्डाटिड्डा बाटाहरुबाट नहि“डी अथवा ठूलठुला जमर्कोहरु नगरिकनै सुविस्ताकासाथ समाजवादको निर्माण गर्ने काम चल्छ र यसले बसी बसी सफलता पाउ“छ भन्ने कुरा गर्नु फोस्रो मनगढन्ते कुरामात्र हुनेछ ।”
अहिलेसम्म पनि एक थरी बुद्धिजीवीहरु अध्यक्ष माओको समयमा चीन आर्थिक रुपमा माथि उठ्न नसकेको हल्ला गर्न संकोच मान्दैनन् । इस्पात उत्पादन १९४९ मा एकलाख टन अहिले मुक्तिको सात बर्ष पछि ४० लाख टन उत्पादन ग¥यो । माओ–“समाजवादले मात्र चीनलाई बचाउन सक्छ” । १९५२ मा सानफान (तीन बिरोधहरु)आन्दोलन संचालन गरी भ्रष्टाचार, नोक्सानी र नोकरशाहीका विरुद्ध संघर्ष थाल्यो ।१९५५ फारोतिनो अर्थात मितव्ययी या खेर जान नदिने सिद्धान्तलाई अंगिकार ग¥यो । माओ ‘सयौं फुलहरु फुल्न देऊ’ विचारधाराको प्रतियोगिता हुन दिने हो ।
‘वर्ग संघर्ष अझै टुड्डिएको छैन’ भन्नुहु“दै चीनमा ‘समाजवाद या पू“जीवादमध्ये कुन चाहि“ले आखिरमा गएर जित्ने हो भन्ने कुराको अर्झ पनि वास्तविकरुपमा छिनोफानो भइसकेको छैन’ भनि प्रस्ट्याउनुभयो । “ माक्र्सवादीहरुले जतासुकैबाट आएको आलोचनादेखि पनि डराउनुहुन्न । बरु त्यसको सट्टामा, उनीहरुले त्यस्ता आलोचनाहरुको सामना गरेर आफुलाई इस्पातझैं खरो पार्नु र विकसित तुल्याउनु परेको छ । संघर्षका आ“धीबेहरीहरुकै माझ जुझेर नौला नौला ठाउ“हरु उनीहरले ओगट्नुपरेको छ । गलत विचारधाराको विरोधमा लड्नु सरुवा रोगदेखि बच्ने सुई लिनु सरह हो ।”
‘ सही विचार कहा“बाट आउ“छ ?’ १९६३ को लेख “मानिसका सही विचार कहा“बाट आउ“छन् ? के ती आकासबाट खस्छन् ? अह“ । के ती मगजमा सहजै उब्जन्छन् ? अह“ ती त सामाजिक व्यवहारबाट या भन“ू उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगबाट आउ“छन् ।” साथै उहा“ले कार्यकर्ताहरु द्धन्द्धात्मक भौतिकवादी सिद्धान्तबाट प्रशिक्षित हुनुपर्ने र त्यसो भएको खण्डमा मात्र व्यापक दृष्टिकोण निर्माण हुने, अन्तर्राष्ट्रवादी सोचको विकास हुने, संघर्षशील भावनामा कमी नआउने र प्रभावकारी ढड्डमा आफ्नो भूमिका निर्वाह गरी देश र जनताको सेवा कार्यमा समर्पित बन्न सम्भब हुने बताउनुहुन्छ ।
“माक्र्सवादलाई राम्ररी बुझ्नका निम्ति हामीले त्यसलाई खालि पुस्तकहरुबाट मात्रै सिक्ने होइन कि त्यसलाई मुख्यरुपले वर्गसंघर्षबाटै सिक्नुपर्छ, व्यावहारिक कामबाट, ज्यामी र किसानहरुको जनसमुहसितको घनिष्ठ सम्पर्कबाट सिक्नुपर्छ ।” घोडामाथि चढेर फूलहरुलाई हेर्ने होइन घोडाबाट ओर्लेर फूलहरुलाई हेर्नु पर्ने बताउनु हुन्छ ।
“अन्तिम विजय समाजवादको हुनेछ कि पू“जीवादको भन्ने कुराको निर्णय गर्नको निम्ति अझै पनि एउटा धेरै लामो ऐतिहासिक अवधि लाग्नेछ ।” यस दार्शनिक रचनामा लेखक, बुद्धिजीवी तथा प्रचार क्षेत्रका कार्यकर्ताहरुलाई शुद्धिकरण आन्दोलनलाई सफल बनाउन, रुढिवाद, संशोधनवादविरुद्ध निर्भिकतापूर्वक उभिन र सच्चा माक्र्सवादी बनेर जनताबीच पुग्न अध्यक्ष माओले आह्वान गर्नुभएको छ । “जो मानिस हजारौं मार लागे पनि मृत्युदेखि डराउ“दैन, त्यसले नै बादशाहलाई घोडाबाट खसाल्ने साहस गर्न सक्छ । समाजवाद र साम्यवादको निर्माण गर्न हाम्रो संघर्षमा यस्तै खालको अजेय भावनाको खा“चो छ ।”
धन्यवाद