भक्तपुर क्षेत्र नं २ ः थापा र बस्नेत एउटै मञ्चमा (थप फोटो पनि हेर्नुहोस्)
कार्तिक ९, २०७९, बुधबार | विहान ०७:१६ बजे | 40
भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ का मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका दुर्लभ थापा र एमालेका महेश वस्नेत दुवैजना बुधबार एउटै मञ्चमा देखिएका छन् । मध्यपुर थिमिको शंखधर चोकमा भएको एउटा कार्यक्रममा उनीहरु दुवैजना एउटै मञ्चमा देखिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा कांग्रेसका जिल्लास्तरीय नेताहरुको साथमा एमालेका महेश वस्नेत एकजना मञ्चको छेउमा देखिएका हुन् । कार्यक्रममा थापा र बस्नेतले एकअर्कालाई अंकमाल पनि गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...