नयाँबर्ष नयाँ सोच, विचार, जाँगरका साथ जनताको सेवामा समर्पित हुन सकोस् भनी शुभकामना
कार्तिक ८, २०७९, मङ्गलबार | विहान ०६:३९ बजे | 20
भक्तपुर, ८ कार्तिक । नेपाल सम्बत ११४३ न्हुँदको अवसरमा गुरु गणेश बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण फुटसल प्रतियोगित लिवालीमा एक समारोहबीच मंगलवार सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले नेपाल सम्बत ११४३ नयाँ बर्ष (न्हुँद) को अवसरमा शुभकामना व्यक्त गर्दे नयाँ बर्षमा नयाँ सोच, नयाँ विचार, नयाँ जाँगरका साथ देश जनताको सेवामा समर्पित हुन सकोस् भनि शुभकामना व्यक्त गर्नुभयो । उहाँले नयाँ बर्षको उपलक्ष्यमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै सत्य र न्यायको पक्षमा उभिन सक्नुपर्छ भन्नुभयो । उहाँले अन्याय र अत्याचार विरुद्ध संघर्षको भावनाका साथ काम गर्न तल्लो बर्गका जनताको उत्थानको लागि काम गर्ने उद्देश्यका साथ काम गरे सहकारीको नारा ‘सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकासी आर्दश समाज बनाउने’ सोच सफल पार्न सक्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले सहकारीको विगत १५ बर्षमा नयाँ बर्षमा नयाँ कार्यका साथ अगाडि बढी रहेकोले मैत्रीपूण फुटसल प्रतियोगितामा सफल पार्न र सबैको साथ सहयोग हुनेमा आशावादी हुनुभयो ।
कार्यक्रम युवा तथा खेलकुद समितिका संयोजक सिद्धान्त प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सल्लाहकारी कासिलाल प्रजापति, लेखा सुपरिवेक्षण समिति हरिकृष्ण प्रजापति, सचिव सत्यराम ज्ञामरु, सदस्य रामकृष्ण लावजु, चम्पा बोहजू, तुल्सीराम प्याठ, चम्पा बोहजू, राजु बजिकोंले पनि बोल्नु भएको थियो ।