उर्वरभूमिको लक्ष्मीपूजा: डेंगु रोग सम्बन्धि सचेतना
कार्तिक ८, २०७९, मङ्गलबार | विहान ०५:०८ बजे | 35
कार्तिक ७,भक्तपुर हाल महामारीको रुपमा फैलिरहेको डेंगु रोगको प्रकोप नियन्त्रण गर्न तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ आज भक्तपुर जगाती स्थित उर्वरभूमि कृषि सहकारी संस्थाको आयोजनामा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई कार्यक्रम ¥यालीसहित सम्पन्न गरेको छ । सो ¥याली अघि भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राकेश सुकुपायोले सहकारीले समाजका हरेक सामाजिक समस्या, स्वास्थ्य समस्या,सामाजिक कुरीतिहरु विरुद्ध समुदायसंग हातेमालो गरेर अगाडि बढ्नुपर्ने औंल्याउदै अहिले डेंगु रोगको प्रकोपले महामारीकै रुप लिदैं गएको अवस्थामा सहकारीले आफ्नो जिम्मेवारी बोध गरी सचेतना कार्यक्रम आयोजना गरिएको बताए । सो सचेतना कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित जगाति क्षेत्र, डागाचा, आदर्श बसस्टप, आदर्श कोल्डस्टोर साथै भक्तपुर नगरपालिका वडा नं. ५ भीमसेनस्थान, भक्तपुर नगरपालिका वडा नं. ७ जगाती,हनुमानघाट स्थित स्थानहरुमा डेंगु रोग सम्बन्धि पर्चा वितरण तथा सोही क्षेत्रहरुमा चुन छर्केर क्लोरिनेशन समेत गरिएको कुरा संस्थाका उपाध्यक्ष नारायणप्रसाद मचामसीले जानकारी दिए ।