बुक क्लब भक्तपुरको अन्तरसंवाद


कार्तिक ७, २०७९, सोमबार | दिउँसो ०३:३६ बजे | 45


बुक क्लब भक्तपुरको अन्तरसंवाद

भक्तपुर, कार्तिक ७ । पठन संस्कृतिको विकास गर्ने उद्देश्य सहित बुक क्लब भक्तपुरको आयोजनामा पाँचौं शृङ्खलाको रुपमा स्रष्टा तथा अन्वेषक शरद प्रधानसँग “दार्जिलिङ र काठमाडौंको मितेरी साइनो” शीर्षकमा अन्तरसंवाद गरेको छ । उक्त कार्यक्रममा शरद प्रधानले अध्ययन तथा लेखन रोजगार पाउन र विदेश पलायन भन्दा सामाजिक चेतनाको लागि आवश्यक भएको बताउँदै राणाशासन कालमा देशको असहज परिस्थितिले दार्जलिङमा शिक्षा, साहित्य र गीतसंगीतले परिवर्तनको फड्को मारेको बताउनुभयो । उहाँले नेपाली साहित्यमा दार्जिलिङका नेपाल भाषी लैनसिंह बाङ्देल, इन्द्रबहादुर राई, पारिजात, गोपाल योञ्जन, अम्बर गुरुङ लगायत साहित्यकार तथा संगीतकारहरुको योगदान रहेको बताउँदै भानुभक्त, देवकोटा, विपि लगायत नेपाली साहित्यकाहरुको रचनालाई विभिन्न अन्तर राष्ट्रिय भाषामा रुपान्तरण तथा अनुवाद गरी तिनीहरुको अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । सोही कार्यक्रममा उहाँले अहिले बजारमा असल र राम्रा पुस्तक भन्दा पनि पैसामा बिकेका पुस्तकको अध्ययनले समाजमा अनेकौं विकृति मौलाएको बताउँदै मानक नेपाली भाषामा आएको विविध विचलनको बारेमा बताउनुभयो

Comments