विनायकमा देउसी भैलो
कार्तिक ६, २०७९, आइतबार | दिउँसो ०२:३७ बजे | 45
मध्यपुर ठिमी भक्तपुर आफ्नो संस्कृति र परम्परालाई बचाउनुपर्छ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै आएको binayak sikshya niketan english school मध्यपुर ठिमीले दिपावली, छठ र नेपाल सम्बत 1143 को पुनित अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्यो विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको आथित्यमा सुरु भएको उक्त कार्यक्रम शिक्षिका सन्ध्या झा तथा विनायक president क्लवको संयोजनमा आयोजना गरिएको थियो। मण्डला निर्माण तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको उक्त कार्यक्रममा असोज 28 गतेदेखि कार्तिक 3 गतेसम्म पोखरामा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यार्थीहरु प्रकृति थापा र जेनिसा थापामगर तथा प्रशिक्षक वीजेन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले निरन्तर अभ्यास ले मानिस सफलताको शिखर चढ्ने भएकाले आफ्नो रुचि र क्षमता अनुसार हरेक विद्यार्थी अगाडि बढ्नु पर्दछ। यसो गर्न सकेमा त्यस्ता विद्यार्थीले सफलताको शिखरमा पुग्न सक्ने कुरा राख्नुभएको थियो।