वागीश्वरीलाई बिगार्न खोज्नेहरुप्रति सबै सचेत रहनुपर्ने


कार्तिक ५, २०७९, शनिबार | दिउँसो ०२:१६ बजे | 40


वागीश्वरीलाई बिगार्न खोज्नेहरुप्रति सबै सचेत रहनुपर्ने

भक्तपुर, ५ कार्तिक । वागीश्वरी मावि र कलेज सञ्चिति कोषको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले बनाउनभन्दा भत्काउन धेरै सजिलो हुने हु“दा पराले छाप्रोबाट सुरु भएको राष्ट्रियस्तरमा स्थापित वागीश्वरीलाई बिगार्न खोज्नेहरुप्रति सबै सचेत रहनुपर्ने बताउनुभयो । 
थाइल्याण्डस“गै सुरु भएको वायु सेवा निगम त्यहा“ कार्यरत कर्मचारीहरुको व्यक्तिगत स्वार्थका कारण अहिले १÷२ वटा मात्र हवाइजहाज सञ्चालनमा रहेको उदाहरण दिनुहु“दै उहा“ले संस्थालाई दिगो रूपमा टिकाउनका लागि कार्यरत कर्मचारीहरुले संस्थालाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
जनतास“ग सरोकार राख्ने सबै संस्थाहरु निजी क्षेत्रलाई जिम्मा दिदै जाने उदारवादी नीतिलाई सरकारले अवलम्बन गर्दै जा“दा अहिले सरकार कर्मचारीहरुलाई तलब खुवाउन पनि विदेशी ऋणको आश गर्दै परनिर्भरतातर्फ गइरहेको छ उहा“ले भन्नुभयो । 
नेपालीलाई आत्मनिर्भर जीवन बिताउन सबै सम्भावनाहरु भएको देशमा ‘हामी सक्दैनौं’ भन्ने सरकारको मानसिकताकै कारण निजी संस्था वा विदेशीहरुले मूल्य निर्धारण गर्दै नेपालीलाई महङ्गीमा जीवन बिताउन बाध्य पार्दै छ, उहा“ले भन्नुभयो । 
उहा“ले भन्नुभयो, “भारतले नेपालमा सांस्कृतिक आक्रमणस“गस“गै नागरिकता विधेयक पास गराएर भौतिक आक्रमण गर्नेतर्फ अगाडि बढिरहेको छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरकारी कर्मचारीलाई राज्यले दिएको सुविधाजस्तै वागीश्वरीले निजी शिक्षक कर्मचारीहरुलाई दि“दै आएको नौलो अभ्यास सञ्चिति कोषको स्थापना हो भन्नुभयो । 
कोष आर्थिक पक्ष भएकोले यसको सञ्चालनमा पारदर्शिता र जवाफदेहिताप्रति ध्यान दिन उहा“ले अनुरोध गर्नुभयो । 
कार्यक्रममा कोषका अध्यक्ष धनकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित गरियो । 
कोषका अध्यक्ष वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोषका संरक्षक एवं वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छा, कोषका सल्लाहकारहरु ज्ञानसागर प्रजापति, सहायक प्रअद्वय कृष्णप्रसाद धन्छा, उकेश सुवाल, शिक्षक विश्वेश्वर मानन्धर, कविता प्रजापतिले पनि बोल्नुभएको थियो ।

Comments