ताथलीमा भिन्तुना ¥यालीसहित सांस्कृतिक कार्यक्रम हुने
कार्तिक ५, २०७९, शनिबार | विहान ११:०४ बजे | 40
हरिसुन्दर छुकां
भक्तपुर । ताथलीमा नियमित रुपमा हुँदै आइरहेको भिन्तुना र्यालीसँगै सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा प्रगति युवा समाजले गर्दै आइरहेको भिन्तुना ¥यालीसँगै यो वर्षबाट सांस्कृतिक कार्यक्रम पनि हुने भएको हो ।
सो कार्यक्रमका लागि आयोजक समाजले तयारी तीब्र बनाएको छ । नेपालीहरुको साझा संवत् नेपाल संवत्लाई सम्वर्द्धन र प्रवर्द्धनका लागि हुँदै आएकोे भिन्तुना र्यालीलाई यो वर्षबाट फरक तरिकाले सम्पन्न गर्ने तयारी भएको समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले बताए ।
समाजले नेपाल संवत्को अवसरमा म्हः पूजाको दिन ताथलीमा भिन्तुना र्याली गर्दै आएको जनाउँदै उनले यो वर्ष कार्तिक ८ गते ¥याली र सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताए ।
समाजका अध्यक्ष रवीन बासुकलाले पञ्चाङ्ग समितिले बनाएको क्यालेण्डरमा भएको गल्तीको कारण भिन्तुना र्याली गर्न र म्हः पूजा गर्न पनि अन्योल रहेको अवस्थामा ताथलीमा पनि भक्तपुरको तलेजू गुठीको निर्णय अनुसार नै कार्तिक ८ गते र्याली र म्हः पूजा गर्ने तयारी गरिरहेको बताए ।
यो वर्ष ताथलीको सौडोल चोक(गचा) बाट र्यालीको सुरुवात गर्ने तयारी गरिरहेको छ । सो स्थानबाट सुरु हुने र्यालीले चाँगुनारायण नगरपालिका वडा नं. ९ का विभिन्न ठाउँ र टोलमा परिक्रमा गर्ने कार्यक्रम तय गरेको छ ।
र्यालीको समापन फैढोकाको फैढोका आधारभूत विद्यालयमा सांस्कृतिक कार्यक्रमसहित हुने छ । र्यालीलाई सफल बनाउन समाजका सदस्य जीवन त्वायनाको संयोजकत्वमा विभन्नि समिति, उपसमिति गठन गरिएको छ ।
सांस्कृतिक कार्यक्रममा विभिन्न बाजा समूह, स्कूलका विद्यार्थीको नृत्यका साथ साहित्यिक कार्यक्रम समेत हुने जनाइएको छ ।