देश रामो गर्न जनताहरु राजनैतिक रुपमा सचेत हुनुपर्न


कार्तिक ५, २०७९, शनिबार | विहान ०८:४५ बजे | 45


देश रामो गर्न जनताहरु राजनैतिक रुपमा सचेत हुनुपर्न

भक्तपुर, ५ कार्तिक । गःपली टोल सुधार समितिको आयोजनमा नेपाल सम्बत ११४३ न्हुँदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भनपा वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यतामा गःपली साईनिङ्ग स्कूलमा एक समारोहबीच शनिवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि उपेन्द्र सुवालले टोल एवं देश रामो गर्न जनताहरु राजनैतिक रुपमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले राजनिति भनेको निस्वार्थ रुपमा जनताको सेवा गर्ने हो भन्नुहुँदै यदि नाफाको निम्ति काम गर्ने भए व्यापार गर्ने हो भन्नुभयो । उहाँले धेरै लगानी गरी जितेपछि नाफा खाने प्रवृतिका नेता राजनिती नभई व्यापार हो भन्नुभयो । उहाँले अहिले राजनिति भनेको हत्या हिंन्सा र लुटपाट गर्न सक्ने नै ठूलो दल भएको अवस्थामा मतदातहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले गःपलिको बाटोको बारेमा सुधार समितिबाट पत्र आइसके पछि सकेसम्म वडाले समाधान गर्ने प्रयासमा रहेको अन्यथा नपाले गर्न लगाउन पत्र पठाइसकेको बताउनुभयो । उहाँले ने.स. ११४३ न्हुँदको उपलक्ष्यमा भिन्तुना ¥याली यहि कार्तिक ८ गते विहान ७ः०० बजे दाफा भजन, स्कुल कलेज, सहकारी तथा क्लबहरु सहभागिताको लागि आह्वान र खौमा जगतसुन्दर मल्लको सालिकमा माल्र्यापन गरी समापन गर्ने जानकारी दिँदै राणा कालमा मातृभाषाबाट शिक्षा दिनुपर्छ भनि संघषशील व्यक्ति भएको बताउनुभयो । उहाँले अमेरिका पत्ता नलागेको बेला स्वर्ण युगमा बसेका उपत्यकाका नेवारहरुलाई पृथ्वी नारायण शाहले कब्जा गरेपछि दबाईएकोले देश र जनताको उभो लाग्न नसकेको र राज्यले नै पछाडि पारिएकोले आर्थिक संकटबाट गुज्रन लागेको बताउनुभयो । उहाँले शासकहरु भ्रष्ट्राचार गरी लाखौं कुम्ल्याएको सम्पत्ति स्विस बैंकमा नेपालीहरुको खर्बौं रकम रहेको समाचारहरु आएकोले देशमा पैसाको समस्या देखिएको बताउनुभयो । उहाँले अग्रजहरुले नगरपालिकामा जितेर सरसफाइ, शिक्षा स्वास्थ्यमा आमुलपरिवर्तनका साथै भक्तपुरमा मात्र नेवारहरुको आफ्नो कला, संस्कृति बचाउने पहल गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले अहिले सरसफाईमा गरेका कार्य र खानेपानीको लागि एघार स्थानमा व्दीप बारिङ्ग गरेको बारे जानकारी दिनुभयो । 
कार्यक्रम गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानको तात्पर्य टोलबासीहरु आर्थिक र सामाजिक स्तर उकास्नको लागि समितिको भुमिका र टोलको विकासको निम्ति अग्रसरता हुनु पर्ने बारे बताउनुभयो । उहाँले स्वर्ग भएको समाजमा निस्वार्थ रुपमा काम गर्ने सबै हासिखुसी जीवन जीउनु र नर्क भनेको स्वार्थ र फोहर रोग, भोक र शोक रहेको स्थान भएकोले टोललाई स्वर्ग बनाउन सबै निःस्वार्थ रुपले काम गर्नुपर्ने बताउनु भयो । उहाँले आर्दश समाज बनाउने ध्येयले काम गर्नु पर्ने बताउँदै ‘टोलको सुधार गरौं, सभ्याताको परिचय दिऔं’ भने मूल नाराका साथ काम गरेको बताउनुभयो । उहाँले आफुले कमाएको सम्पत्ति र जीवधनको सुरक्षाको लागि समाज नै राम्रो हुनुपर्ने भएकोले त्यसको निम्ति समाजमा आफ्नो समय खर्चिनु पर्ने बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष रबिन छुस्याकीले नेपाल सम्बतका प्रर्वतक शंखधर साख्वले ऋण मोचन गरी नेपाल सम्बत कसरी चलाएको हो भने इतिहास अथवा किबदन्ती वा भनाई बारे बर्णन गर्नुभयो । कार्यक्रममा सल्लाहकार पशुपति भक्त हाडा र सदस्य श्रीराम सुवाले पनि बोल्नु भएको थियो । 

Comments