यसो भन्छन् भक्तपुर २ क का दुईजना उम्मेदबारहरु


कार्तिक ४, २०७९, शुक्रबार | विहान ०४:३८ बजे | 60


यसो भन्छन् भक्तपुर २ क का दुईजना उम्मेदबारहरु

भक्तपुर ।भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा क मा अपूरो रहेको विकास निर्माण तथा यस क्षेत्रलाई धार्मिक पर्यटन रुपमाविकास गर्ने उम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
रफत सञ्चार क्लबमाआयोजित साक्षात्कार कार्यक्रममाबोल्दै उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
नेकपाएमालेका तर्फका उम्मेदवार किरण थापाले यस क्षेत्रमा रहेको विकासकाअधुरा कामहरु जस्तै खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतलाई पूर्णतादिनआफूले उम्मेदवार दिएको बताए । 
यस क्षेत्रमा रहेका विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरुलाई धार्मिक सकिटका रुपमाविकास गर्ने थापाले बताए ।
बिशेषतअध्ययनपश्चात बेरोजगार रहने वातावरणको अन्त्य गर्न प्राबिधिकशिक्षामा जोड दिने थापाले बताए ।
राष्ट्रिय प्राणी उद्यानलाई थपब्यवस्थितगदै यस क्षेत्रको जैविकबिबिधिताको संरक्षण र प्रवद्र्धन गदैं आन्तरिक र बाह्रय पर्यटकको आगमनमा जोड दिने थापाले बताए ।
यसैगरी सत्ता गठबन्धनका तर्फका विष्णुराजकार्कीले यस क्षेत्रलाई धार्मिक पर्यटनका रुपमाबिकास गर्ने बताएका छन् ।
कार्कीले सुर्यबिनायक क्षेत्रमा रहेका ऐतिहासिक र धार्मिक क्षेत्रलाई धार्मिक सर्किटको रुपमा प्रवद्र्धन गरि धार्मिक पर्यटन क्षेत्रको रुपमाबिकास गर्ने बताएकाहुन् ।
युवाअवस्थादेखि राजनीतिलाई समाज सेवाको रुपमाआफूले आत्मसाथगर्दै आएको र पार्टिभन्दामाथि उठेर यस क्षेत्रकाजनताको सुख दुःखको साथमा रहेकाले समेत आफूले यस पटक विजयहासिल गर्ने कार्कीले दावी गरे ।
यस क्षेत्रमानिर्माणाधिन प्राणी उद्यानलाई थपब्यवस्थितगरि यस क्षेत्रमाआन्तरिक र बाह्रय पर्यटकहरुको आँगन बढाउने योजना समेत रहेको उनले बताए ।
यस निर्वाचन क्षेत्रमा देखिएको र जनताको मौलिकहकअन्र्तगतकाविषयहरु जस्तै स्वास्थ्य, शिक्षा र रोजगारीको सवाललाई आफ्नो विजयसँगै प्रदेश सरकारले सम्बोधन गर्ने वातावरणको श्रृजना गर्ने कार्कीले बताए ।
गठबन्धनको सरकारले नै निर्वाचन पछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजयभएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँचपनि सहजताहुने र विभिन्नखालका योजनाहरु यस क्षेत्रले पाउने बताए ।

Comments