भक्तपुरका शिक्षकहरुलाई एथलेटिक्सको प्रशिक्षण तालिम


कार्तिक २, २०७९, बुधबार | दिउँसो ०३:०७ बजे | 40


भक्तपुरका शिक्षकहरुलाई एथलेटिक्सको प्रशिक्षण तालिम

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा संचालित ६ दिने खेलकुद प्रशिक्षण अन्तर्गत दोश्रो दिन बुधबार एथलेटिक्स खेलको प्रशिक्षण सम्पन्न भएको छ।

सो दिन त्रिविको स्वास्थ्य तथा शारीरिक शिक्षाका प्राध्यापक शान्ता बहादुर श्रेष्ठले हरेक खेलको सिकाईमा आधारभूतको ज्ञानको आवश्यकता सहित स्वास्थ्य तथा शारीरिक शिक्षाबाट खेलकुद मात्र नभई सर्वाङ्गिण पक्षको विकास हुने बताउँदै भक्तपुर नगरपालिका वडा नं १ को सभाकक्षमा एथलेटिक्स खेलको सैद्धान्तिक प्रशिक्षण दिएका थिए ।

उहाँले नै सोही दिन एथलेटिक्स अन्तर्गतका दौड, सटफुट, ग्याभ्लिन, जम्पिङ, लङजम्प, त्रिपल जम्प, हाईजम्प खेलहरूको प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षणमा नगरभित्रका सामुदायिक र संस्थागत सहित जम्मा ४३ वटा विद्यालयका शिक्षकहरूले सहभागिता जनाएका छन् ।

Comments