भक्तपुरमा यो वर्षदेखि राजधानी कलेज सञ्चालनमा आउने
असार ३०, २०७९, बिहीबार | विहान ११:३३ बजे | 30
भक्तपुर । रोम्वस नेशनल स्कूलको व्यवस्थापनमा भक्तपुरमा राजधानी कलेज सञ्चालनमा आउने भएको छ । भक्तपुरको कमलविनायक चोखास्थित रोम्बस स्कुलमै कलेज सञ्चालनमा आउने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार तथा सञ्चारकर्मीहरु आज मिति २०७९ साल असार ३० गते विहिवारका दिन भक्तपुर कमलविनायक आवास क्षेत्रमा संचालित रोम्वस नेशनल स्कूलको व्यवस्थापनमा शैक्षिक वर्ष २०७९ देखि संचालन हुने राजधानी कलेजको संचालन व्यवस्थापन तथा उदेश्य र कार्यक्रम बारे पत्रकार महानुभावहरुलाई जानकारी दिन यो प्रेस मिटको आयोजना गरिरहेका छौं । सर्वप्रथम र्, हाम्रो हार्दिक अनुरोधलाइ सहर्ष स्वकिार गरी पत्रकार सम्मेलनमा पाल्नु भएका सम्पूर्णमा संचारकर्मी तथा पत्रकारहरुलाई विद्यालय र कलेजको तर्फबाट हार्दिक स्वागत गर्दछु । मित्रहरु , रोम्बस सेकेण्री स्कूल भक्तपूरको शैक्षिक उन्नयनका लागि क्रियाशिल एउटा स्थापित विद्यालय हो । शिक्षा क्षेत्रमा नयाँ नयाँ प्रयोग र अभ्यास गरी भक्तपूरको शैक्षिक संजाललाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा जोड्ने महत्तवपूर्ण कर्म गर्दै आइरहेको व्यवहोरा स्पष्ट गर्दै आगामी दिनको हाम्रो शैक्षिक यात्रा अतिरिक्त आयामका साथ बढाउने र “ शिक्षा र पर्यटनमा लागि भक्तपूर” भन्ने नारालाई सार्थक बनाउन थप योगदान गर्ने उदेश्यले रोबम्सकोव्यवस्थापनमा संचालन हुने गरी एउटा थप शैक्षिक संस्था राजधानी कलेज यसै वर्ष देखि शुरु गर्ने निर्णय गरेको व्यवहार तपाईँ पत्रकार तथा सञ्चारकर्मी मार्फत सार्वजनिकरणमा गर्न चाहान्छु । स्मरणयि रहोस , रोम्बस सेकेण्डरी स्कूलनै व्यवस्थापनमा २०७६ सालमा त्रि.वि बाट सम्बन्धमा प्राप्त रोवस नेशनल कलेज ( कस्मोपोलिटन कलेज ) संचालनमा ल्याइएको थियो यस कलेजमा हाल द्य।द्य।क् कार्यक्रम संचालन भईरहेको छ । यस विद्यालयमा प्लस टु कार्यक्रमा संचालनमा अनुमति प्राप्त नहुँदा बीबीएस कार्यक्रमा प्रभावकारी नभएका कारण यसै वर्ष देखि ंप्लस टु यसै विद्यालयको व्यवस्थापनमा संचालनमा हुने गरी साविक उच्च मा.वि परिषदबाट सन् २००५ मा सम्वन्धन प्राप्त गरिसकेकोराजधानि कलेज यस शैक्षिक वर्ष देखि भक्तपुरमा स्थानातरण संचालन हुने व्यवहोरा अवगत गराउँछु । यसको ठेगाना चा.न.पा ७ , चोखा , कमलविनायक क्षेत्रमा रहनेछ । हाm रोवस स्कूलको शैक्षिक नेटवर्क भित्र ४ वटा संस्था रहेका छन्।
क) रोम्वस नेश्।नल स्कूल (पूर्व प्रा.वि. तह )
ख) भक्तपूर रोम्वस सेकेण्डरी (पूर्व प्रा.वि. देखि मा.वि सम्म)
ग) रोम्वस नेश्नल कलेज
घ) राजधानी कलेज प्लस टु (उच्च मा.वि)
राजधानी कलेजमा यस वर्ष देखि कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा शाश्त्रका कक्षाहरु संचालन हुनेछन्। प्रत्येक समूह अन्र्तगतका संचालन हुनेविषयहरु निम्नानुसार रहेनेछन्। पत्रकार मित्रहरु , राजधानी कलेजको छुटै विभाग र भवन बनाई कुल २६ आना जग्गामा २ वटा आफनै भवन प्रयोग गर्ने गरी करिब ३ करोड लगानीका संचालन हुदैछ । हामीसँग विभिन्न विषय अध्यापन गर्ने अनुभवी र योग्य शिक्षकहरु छन् ।करिब ७ सय विद्यार्थी अध्ययनरत रोम्बस सेकेण्डरी स्कूलको बलियो जगमा राजधानी कलेज संचालन हुने हुँदा यसले छोटो समयमा नै सफलतामा प्राप्त गर्ने विश्वास गरेको छौँ । यस कलेजले नाफा भन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिक्ता दिइनेछ । पहिलो वर्ष शुभारम्भको वर्ष भएकाले गरीब जेहेन्दार विद्यार्थीहरुलाई व्यापक छात्रवृत्ति दिने योजना बनाएका छौँ । यस कलेजको कार्यक्षेत्र रहेको स्थानमा पालिकाहरुसँग समन्वय गरी सरकारद्वारा घोषित “ पढदै कमाउँदै” कार्यक्रम सफल बनाउँने यस कलेजले प्रयास र अभ्यास गरिनेछ । निर्धारित पाठ्यक्रमका साथै जिवन उपयोगी तथा सीपमूलक अतिरिक्तक पाठ्यक्रम निम गरी १२ उत्र्तीण गर्ने बेला सम्म ‘सीप र शिक्षा ‘’ दुबै रहेको विद्यार्थी निमार्ण गरी सक्षम बनाइनेछ । नाम दाम र काम सहितका अनुशासित देशभक्त नागारीक तयार गर्न यस कलेजको महत्तवपूर्ण भूमिका खेल्नेछ । पत्रकार मित्रहरु , तपाइँहरुको आजको उपस्थिति महत्तवपूर्ण रह्यो । हाम्रो अनुरोधलाइ सम्मानको रुपमा ग्रहन गर्नुहुने अनुरोध छ । यहाँहरुले हाम्रो समाचार सम्प्रेषण गरी सहयोग गर्नुहुने र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वासका साथ पून. एकपटक धन्यवाद दिँदै बिदा हुन्छु । धन्यवाद
डा. राजेन्द« कोजू
पि.एच.डी
प्रिन्सिपल ९८५११५६३६६