नवनिर्वाचित जनप्रनिनिधीलाई बधाई तथा मतदाता र सहयोगीलाई धन्यवाद


असार २६, २०७९, आइतबार | विहान ०६:१६ बजे | 25


नवनिर्वाचित जनप्रनिनिधीलाई बधाई तथा मतदाता र सहयोगीलाई धन्यवाद

भक्तपुर ।  नेमकिपा २ वडा इकाइ समिति व्यासीको आयोजनामा २०७९ बैशाख ३० गते सम्पन्न  स्थानिय तह निर्वाचनमा विजयी उम्मेदबारहरुलाई बधाई तथा  मतदाता र सहयोगीलाई धन्यबाद कार्यक्रम आज महाकालीस्थानमा बनभोजका साथ सपन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले नेमकिपाबाट निबार्चित जनप्रतिनिधीहरु  दमकल र एम्वुलेशन जस्तै परिचालन हुनुपर्छ । उनीहरु जनताले बोलाएको समयमा र जनतालाई दुःख पर्दा जहिले पनि सहयोगको लागि  तयार हुनुपर्छ । संसद भन्नेको नीति निर्माण गर्ने थलो हो । जनताको  हक हित उत्थानको लागि आवाज उठाइरहेका र सांसदको कोरमको अभावमा पटक पटक  संसद स्थगित भइरहेको छ । सतारुढ दलका सांसदहरु र एमालेका सांसदहरु हाजिर गरेर भता पचाउने काम गरिहेको बताउनु भयो ।
 संसद सदस्यहरुको प्रायको काठमाण्डौंमा घर रहेको छ । जिल्ला जिल्लामा किन नगएको  भन्दा पैसा नदिई जनताले भोट दिंदैन । तसर्थ जिल्लामा चुनावको वेला जाने करोड करोड पैसा खर्च गरेर चुनाव जित्ने हो  भन्छन ।नेमकिपाले कृषि मन्त्रीलाई किन मल आएन भनि प्रश्न गर्दा  भारतले मल नदिएको बताएको , भारतले आफ्नो लागि नै चाहिन्छ  भन्यो । रुस र युक्रेनको युद्धकाके कारण पनि मल अभाव वताउन्छन । श्रीलंकामा पेट्रोल र डिजलको  अभावको कारण  देशमा हाहाकार भएको नेपालमा पनि शासकहरुले समयमा सोचेन भन्ने त्यो अवस्था आउन सक्छ ।  देश विदेशबाट आयात सामान  गरेर चलाउने होइन । कृषि लगायत अन्य सामानहरुमा  देश आत्मभिर बन्न यही नै उधोग कलकारखानको  विकास गर्न‘पर्छ भन्नुभयो । नेपाल सरकारले ऋणले बजेट चलाइरहेको चर्चा गर्दै र नेपालीहरु विदेशमा काम गर्न र पढने जाने  विदेशबाट आएको पैसाबबाट किन मेल गरी खाइरेका छन  । देशको जग्गा जमिन वाँझो राखेर विदेशबाट आएको पैसाबाट जिवन चलाएसम्म देश अगाडी बढन सक्दैन भन्नुभयो । उहाँले संसदमा निरन्तर ख्वप विश्वविद्यँलायबारे आवाज उठाइरहेको चर्चा गर्दै १५ लाखमा  मेडिकल बलेज पढाउछु भन्दा नी ख्वप विश्व बिद्यालय नदिई सरकार लाचार भइरहेको चर्चा गनु भयो ।
     भक्तपुर नगरपालिका मेयर  सुनिल प्रजापतिले नेमकिपाले भक्तपुरमा शिक्षा स्वास्थ्य सम्पदा संरक्षण कार्य गरिहेको छ । तपाइहरुको मेहनत खेर जादैंन   भनि सभामुख भक्तपुर आउदा प्रसंशा गरेका चर्चा गर्दै बाबुराम भटराइले नेपालमा भक्तपुर बाहेक अरु सबै ठाउमा नेपाली जनता नराम्रा मान्छेलाई भोट दिन बाध्य छन भन्नुले यसको मतलव अरु ठाउमा शासक दलहरुको धाक धम्कीमा जनता भोट दिन बाध्य छन भन्नु हो भन्नु भयो । भक्तपुर नपाले नेमकिपाको घोषणा पत्र अनुसार कार्य गरिरहेको छ । त्यसैको कारण भक्तपु नपाको ख्याति बढीरहेको छ भन्नुभयो । उहाले ख्वप अस्पतालले १०० वेडको स्वीकृति पाएको चर्चा गर्दै कानुन संकायका कलेल र ख्वप नर्सिड्ड कक्ष पुन सञ्चालन गर्ने बताउनु भयो । र ख्वप विश्व विद्यालय सम्वन्धन  दिएमा मेडिकल कलेज पनि संचालने गर्नेछ । देको मिवा इतापाखे  आयोजनामा सरकारले जारी गरेको नियमले जग्गा किता काट गर्न अफठ्यारो भइरहेको र त्यो समस्या भुमि तथा सहकारी मन्त्रीलाई जानकारी गराएको बताउनु भयो ।
 भक्तपुर नपाका मेयर रजनी जोशीले भक्तपुरमा शिक्षा , स्वास्थ्य, सम्पदा संरक्षण अझ राम्रो गर्न  नेमकिपाको घोषणा पत्र अनुसार  कार्य गर्न प्रतिवद्धता जाहेर गर्दै बागमती प्रदेशमा ख्वप विश्व विद्याँलयको लागि ताकिता गरिहेका छौ । स्वीकृति दिएमा मेडिकल कलेज भक्तपुर नपाबाट सञ्चालन गर्ने बताउनु भयो  ।उहाँले भक्तपुर नपाले  संचालन गरेको ७ वटा कलेजमा ७६ जिल्लाका ७००० विद्यार्थी अध्ययनरत रहेको बताउनु भयो ।
      नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष  नारायण बहादुर दुवालले भक्तपुरमा शिक्षा स्वास्थ्यलाई अगाढी बढाउन  अग्रजहरुको पनि महत्वपूर्ण योयदान रहेका बताउदैै भक्तपुर नपामा नव निर्बाचित प्रतिनिधीहरुले शिक्षा , स्वास्थ्य र सम्पदा संरक्षणमा  थप योगदान गर्ने आशा प्रकट गर्दै मादल चिन्हमा भोट दिइ नेमकिपालाई जिताउनु भएकोमा मतदाताहरुलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा  भक्तपुर नपा  वडा नं २ का नवनिबाचित वडाअध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाको घोषणा पत्रअनुसार जनतासंग सर सल्लाह गरी विकास निर्माण  तथा नगरपालिको योजना अनुसार कार्य अगाढी बढाउने बताउनु भयामे ।
 नेमकिपा २ वडा एकाइ समिति व्यासी ख का अध्यक्ष  रत्नकाजी नायभारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षासेबी बालमुकुन्द बासुकला, भक्तपुर नपाका साविक १० वडाको पुर्व वडा अध्यक्ष आशकुमार कोजु, साविक १५ वडाको पुर्व वडा अध्यक्ष रविन्द्र खर्वुजा , नेमकिपा २ वडा एकाइ समिति व्यासी  क का  इन्चार्ज गणेश प्रसाद सुवाल र नेमकिपा २ वडा एकाई समिति व्यासी क का सहसचिव राजकुमार लघुले निबार्चित पदाधिकारीहरुलाई बधाई  तथा मतदाता र सहयोगिलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Comments