सकियो गुरु गणेश साकोसको शिक्षा शिविर
भक्तपुर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा शिक्षा शिविर सल्लाहकार रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा संस्थाको सभाकक्षमा शनिबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीमा सदस्य भनेको संस्थाको साँस भएको बताउँदै सहकारीले सदस्यता बृद्धि, निक्षेप संकलन, असल ऋण, शेयर पूँजी, सामाजिक कार्यक्रमहरुबारे शिक्षा शिविरले जानकारी पाउने बताउनु भयो । उहाँ प्रशासकिय ब्यवस्थापन, संगठन तथा प्रशासन, बार्षिक बजेत तथा योजना ब्यवस्थापन, वित्तिय अनुशासन, सार्वजनिक सेवा, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेसीकरण, वातावरण संरक्षण र विपद् ब्यवस्थापन, सहकार्य र समन्वय भए संस्थागत विकास हुने भएकोले त्यसमा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिले सहकारीबारे, सहकारी उद्धेश्य, गतिविधीबारे बोल्नु भएको थियो भने शिक्षा उपसमितिका संयोजक रामकृष्ण लावजूको सभापतिमा भएको कार्यक्रममा कोषाध्यक्ष तुल्सी केशरी छुजु (प्रजापति)ले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक राजु बजिकोले लेखा सम्बन्धी, उपाध्यक्ष कृष्ण राम कासिछ्वाले स्वागत मन्तव्य, उद्घोषक सचिव सत्यराम ज्ञामरु, लेखापढि सल्लाहकार न्हुछे भक्त कोजू र प्रबन्धक गौतम कुटुवाजूले पनि बोल्नु भएको थियो ।