संस्था होस् त निओ फ्युजन जस्तो ः नौ वर्षदेखि निरन्तर निःशुल्क तालिम


असार २५, २०७९, शनिबार | विहान ०५:०६ बजे | 20


संस्था होस् त निओ फ्युजन जस्तो ः नौ वर्षदेखि निरन्तर निःशुल्क तालिम

भक्तपुर । निःशुल्क तालिम संचालनमा भन्दा अचम्म लाग्न सक्छ । नाम मात्र नि शुल्क होला भन्ने पनि लाग्ला धेरैलाई । तर भक्तपुरको इनाचोमा अवस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटरले विभिन्न तालिमहरु साँंच्चिकै निःशुल्क रुपमा सञ्चालन गर्ने गरेको छ । एसईई र कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको हो ।
निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले कम्प्युटर तालिमसंगै निःशल्क रुपमा विविध तालिमहरु दिदै आएको बताए । उनले यस्ता तालिमहरु विगत  ८÷९ बर्षदेखि सञ्चालन गर्दै आएको बताए । यसवर्ष चित्रकला, डिजिटल फोटोग्राफी, भिडियोग्राफी, पत्रकारिता, मोबाइल फोटोग्राफी, नृत्य, धिमेबाजा, धाँबाजा, गीतार, मोबाइल मर्मत, व्युटी पार्लर, स्काउट तालिमहरु सञ्चालनमा रहेको उनले सुनाए । बनमालाले तालिमका लागि सम्पूर्ण खर्च आफै व्यहोर्ने गरेको जनाए । कुनै पनि सरकारी, गैरसरकारी निकायबाट अनुदानले सञ्चालन नभएको उनले जानकारी दिए ।
तालिमले नै भोलिका भविष्य उज्वल हुने र आज कर्म गरे भोलि यसको फल राम्रो हुने कुरालाई लिएर यस किसिमको तालिम सञ्चालन गरेको निर्देशक बनमालाले बताए । तालिममा व्यस्त बनाउन सके कुलत र गलत बाटोमा नजाने र समयको सदुपयोग हुने भएकाले तालिम दिंदै आएको बनमाला बताउँछन । उनले तालिमले भविष्यमा स्वरोजगार वा रोजगारीको अवसर पनि मिल्ने भएकाले निओ फ्युजनसंग संलग्न भएका सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य जस्तै यस किसिमको तालिमहरु दिइदै आइरहेको बताए ।
यस वर्षको तालिममा डिजिटल फोटोग्राफीमा ३८ जना, मोबाइल फोेटोग्राफीमा ५० जना, व्युटी पार्लरमा ७३ जना, नृत्यकलामा ५४ जना, गीतारमा ७२ जना, धिमेबाजामा ४३ जना, धाँबाजामा २३ जना, चित्रकलामा ६८ जना, पत्रकारितामा १२ जना, स्काउटमा ३२ जना, मोबाइल मर्मतमा ३४ जना गरी जम्मा चार सय ९९ जना निःशुल्क तालिममा सहभागी भएको जनाइएको छ । तालिममा अधिकाशं एसईई र कक्षा १२ का बिद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ । तालिममा सहभागीलाई प्रमाणपत्र पनि प्रदान गरिने छ, बनमालाले भने ।
तालिममा प्रशिक्षकका रुपमा बालकृष्ण बनमाला, सुनिता बोहजू, दिपेश लागे, रेणु त्वानाबासु, रश्मी बज्राचार्य, उगेन बोयजु, सविन लैवा, प्रिजेन्ट कर्माचार्य, संगिता कटवाल रेका छन् । उनीहरुले आआफनो विषयमा तालिमका प्रशिक्षकका रुपमा रहेका छन् ।
तालिमले प्रशिक्षार्थीहरु निकै लाभान्वित हुने गरेको बताइएको छ । तालिम आधारभूत तथा विशिष्ट गरी दुई प्रकारको सञ्चालन गर्ने गरिएको छ । तालिममा सहभागी सबै प्रशिक्षार्थीहरु एसईई, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी रहने गरेको जनाइएको छ ।
तालिममा सहभागीहरुलाई तालिममा चाहिने सम्पूर्ण सामान आयोजक स्वयमले उपलब्ध गराइदिनुका साथै पूर्ण रुपमा तालिममा सहभागीहरुलाई प्रमाणपत्रको व्यवस्था पनि गरिएको बताइएको छ । तालिमलाई व्यवहारिक तथा गुणस्तरीय बनाउन हर समय आयोजक तथा प्रशिक्षक क्रियाशिल रहने गरेका छन् । दुई वर्षको कोरनाका कारण यसवर्ष यस किसिमको सक्रिय सहभागिता रहेको बनमालाले बताए । कोरनाले जनजीवनमा नराम्रो क्षति पु¥याएता पनि आत्मसिपको विकास गर्नुपर्छ र कुनैकुनै तालिम जीवनमा आवश्यकता रहेको बनमाला सुनाउँंछन् । तालिम ३ महिने, २ महिने, १५ दिने, १ महिने रहने गरेका छन् ।

Comments