‘हामी गीत मात्रै गाउँंन आएका हैनौं, काम पनि गर्छाै’
असार २४, २०७९, शुक्रबार | दिउँसो ०२:०१ बजे | 30
भक्तपुर । न्युनतम पारिश्रमिक निर्धारण आयोगकी अध्यक्ष संगीता खड्काले आफूहरु नियमित काममा मात्रै नखटने बताएकी छिन् । आफूहरु यसबाहेक पत्रकारले कमसेकम पनि न्युनतम र नियमित पारिश्रमिक दिलाउन नियमितबाहेकका अन्य काममा खटिने बताइन् ।
आयोग र नेपाल पत्रकार महासंघ भक्तपुरले शुक्रबार श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयमा भएको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले आफूहरु पत्रकारको अधिकारका लागि जोशिएर लाग्ने बताइन् । उनले भनिन्, ‘हामी गीत मात्रै गाउँंन आएका हैनौं, काम पनि गर्छाै ।’ आफूहरु नियमित काम मात्रै गरेर तलब खान मात्रै आयोगमा नआएको उनको भनाई थियो ।
उनले आफूहरुले अव तहगत रुपमा समाधान गर्दै जाने बताइन् । तीन तहमा गरेर समस्या समाधानको बाटोमा जाने योजना सुनाइन् । पहिलो चरणमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारको, दोश्रो चरणमा ठूला मिडिया हाउसमा कार्यरत पत्रकार र तेश्रो तथा अन्तिम चरणमा साना मिडिया हाउमा कार्यरत पत्रकारहरुले कमसेकम पनि न्युनतम र नियमित तलव पाउने वातावरण बनाउने बताइन् ।
कार्यक्रममा उनले आयोगलाई न्युनतम र नियमित तलव दिने सञ्चार गृहहरुलाई कारबाहीको व्यवस्था ऐनमा हुनुपर्ने माग गरिन् । ऐन शंशोधन गरेरै भए पनि कारबाही गर्ने व्यवस्था आयोगसँंग रहे समस्या समाधानमा सहजता हुने उनको भनाई थियो । अहिले आयोगलाई अवस्थाबारे जानकारी दिई सरकारलाई सुझाब दिनसक्ने मात्रै व्यवस्था छ ।
मिडिया हाउसहरुले ऐन अनुसार वढीमा १५ प्रतिशतलाई मात्रै ज्यालादारी पत्रकार राख्न पाउने व्यवस्था रहे पनि व्यवहारमा भने १५ प्रतिशत पूर्ण पत्रकार र बाँंकी ८५ प्रतिशत ज्यालादारी पत्रकार राखेको पनि पाइएको उनले जनाइन् । उनले पत्रकारले कमसेकम पनि न्युनतम र नियमित तलव पाउनुपर्ने बताइन् । कार्यक्रममा विभिन्न पत्रकारहरुले आफूहरुले न्युनतम र नियमित तलब नपाएको गुनासो गरेका थिए ।