मध्यपुर ठिमीको विनायक स्कुलका विद्यार्थी संसदमा
विद्यार्थीहरुलाई कोरा किताबी ज्ञान दिएर मात्र सार्थक शिक्षा पूर्ण हुँदैन, अबलोकन वा प्रत्यक्ष भ्रमणका माध्यमबाट जीवनपयोगी , सार्थक र व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन इ स्कुल मध्यपुर थिमीले विद्यार्थीहरुलाई संघीय संसद भवन नयाँ बानेश्वरमा अवलोकनका लागि लग्यो । संघीय संसदको कार्य , संरचना, यसका प्रक्रियागत कार्य र सांसदहरूको बहस समेत प्रत्यक्ष अवलोकन तथा निरीक्षण गराउने उद्देश्यले विद्यार्थीहरुलाई सहभागी गराइएको विद्यालयका शैक्षिक संयोजक तथा सामाजिक शिक्षक शैलेन्द्रकुमार भट्टराईले जानकारी गराउनुभयो अभिभावक तथा राजनीतिज्ञ
मानसिङ ठकुरीको सक्रिय पहलमा संघीय संसद भवन लगिएको उक्त कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरु विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको नेतृत्वमा सहभागी गराइएको थियो। विशेष गरेर विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने र वास्तविकतालाई चिनाउने उद्देश्यले लगिएको बारे विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीका काँचो माटो हो यसलाई जस्तो आकार दियो त्यस्तै बन्छ तसर्थ आजको युग सुहाउँदो वैज्ञानिक ,व्यवहारिक ,गुणस्तरीय र सार्थक शिक्षा दिन प्रत्यक्ष अवलोकन वा प्रत्यक्ष निरीक्षणका माध्यमबाट मात्र सम्भव हुने भएकाले विद्यार्थीहरुलाई स्थापनाकालदेखि नै प्रयोगात्मक शिक्षामा जोड दिँदै उनीहरूको सर्वाङ्गीण वृत्ति र विकास हुने कुरामा जोड दिँदै आएको कुरा बताउनु भयो।