वागीश्वरी कलेजमा गरियो परीक्षा सम्बन्धी अभिमुखीकरण
असार २३, २०७९, बिहीबार | दिउँसो ०२:१७ बजे | 25
भक्तपुर । वागीश्वरी कलेजका स्नातक तहमा अध्ययनरत मानविकी र व्यवस्थापन सङ्कायका विद्यार्थीहरुलाई लक्षित गरी बोर्ड परीक्षा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज कलेजकै सभाकक्षमा सम्पन्न भयो ।
सो कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले ‘विद्यार्थीको लागि विद्यार्थी नै’ कार्यक्रम अनुसार बीबीएस नेपाल टपर बबिता ग्वाछालाई कार्यक्रमको प्रमुख वक्ताको रूपमा चयन गरेको कुरा बताउनुभयो ।
हाल एमबीएसमा अध्ययनरत बबिता ग्वाछाले विद्यार्थीहरुले पहिलो वर्षमा नै गम्भीर भएर अध्ययन गर्नुपर्ने कुरा जोड दिनुभयो । साथै उहा“ले परीक्षाको अघि, परीक्षाको बेला र परीक्षा पछि विद्यार्थीले गर्नुपर्ने कर्तव्यबारे पनि अनुभव सुनाउनुभयो ।
कलेजका उपप्राध्यापक राजन फेलु, मंगलेश्वर ध्वजू, हरिप्रसाद बास्तोलाले पनि बोल्नुभएको सो कार्यक्रममा विद्यार्थीहरु विनोद राजवंशी, काजल थापा, भावना भडेल, तेन्जिङ लगायतले परीक्षामा राम्रो गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।