बागीश्वरी कलेज र माविका कर्मचारीहरुलाई सीप विकास तालिम


असार २३, २०७९, बिहीबार | दिउँसो ०२:०५ बजे | 30


बागीश्वरी कलेज र माविका कर्मचारीहरुलाई सीप विकास तालिम

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी माविमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी एक दिने सीप विकास तालिम बिहिबार सम्पन्न भएको छ ।
तालिममा स्रोत व्यक्तिहरुले दैनिक कार्य सम्पादनमा प्रयोग हुने विभिन्न सफ्टवेयरहरुका महŒवपूर्ण पक्षहरुबारे कर्मचारीहरुलाई जानकारी दिनुभएको थियो ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सिकेर कहिल्यै पनि नसकिने विधि नै प्रविधि भएकोले कर्मचारीहरुले आफूलाई ताजा राख्न कहिल्यै पनि सिक्नलाई थाक्न नहुने बताउनुभयो ।
सामूहिक भावनाको अभ्यास नै वागीश्वरीको मूल मन्त्र भएकोले नै समाजले वागीश्वरीलाई विश्वास गरिरहेको बताउ“दै सीप तिखार्नको लागि सीप अरुलाई बाड्नपर्ने उहा“ले बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले समयअनुसार हरेक कर्मचारीहरुलाई नया“ नया“ प्रविधिबारे परिचित भई आफूलाई अद्यावधि गर्नुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरु सविन्द्र प्रजापति, रत्नशोभा फैजू र लक्ष्मीप्रसाद गाईजूले बोल्नुभएको थियो ।
तालिम कलेजका शिक्षकद्वय नवीन प्रजापति र दिनेश सुवालले दिनुभएको थियो ।
प्रमुख अतिथि प्रजापतिले सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

बागीश्वरी कलेज र माविका कर्मचारीहरुलाई सीप विकास तालिम

Comments