भक्तपुरमा मुसलधारै बर्षासँगै सधै झै अरनिको राजमार्ग जलमग्न
असार २२, २०७९, बुधबार | दिउँसो १२:४० बजे | 10
भक्तपुरमा मुसलधारै बर्षासँगै सधै झै अरनिको राजमार्ग जलमग्न भएको छ । ठूलो बर्षासँगै सुर्विनायक गणेश मन्दिर जाने बाटोहुँदै बग्ने पानीले राजमार्ग हो कि खोला हो छुट्याउन गार्हो हुन्छ । यस्तो अवस्था हुदा पनि सम्बधित निकाय मौन बसिरहेको छ । स्थानीयले सम्बधित निकायले बेवास्ता गर्दा सडकको पिच नै बिग्रिने अवस्थामा पुगेको छ । के राम्रो पिच बिग्रे पछिमात्र बनाउने हो ? स्थानीयको प्रश्न छ । सम्वधित सब इन्जियरलाइ फोन गर्दा फुर्सद मिलाएर हेर्न आउन्छु भनेको मान्छे१२,१५ दिन भैसक्दा पनि हेर्न नआएको स्थानीयको आरोप छ । ठूलो दुर्घटना हुनु अगावै उपचार गर्न सम्बधित निकायको ध्यान जाओस्