तेस्राे बिद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियाेगिताकाे अायाेजना


असार १८, २०७९, शनिबार | दिउँसो १२:२० बजे | 45


तेस्राे बिद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियाेगिताकाे अायाेजना

m

भक्तपुर । युथ कर्नर क्लव काठमाडौंले अाज असार १७ गते शनिवार तेस्राे बिद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियाेगिताकाे अायाेजना गरेकाे छ । कक्षा १ देखि ३ सम्म समूह "क", कक्षा ४ देखि ६ सम्म समूह "ख", कक्षा ७ देखि ९ सम्मकाे समूह "ग" र कक्षा १० देखि १२ सम्म "घ" गरि चार समुहमा बिभाजन गरि अायाेजित उक्त प्रतियाेगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट करिव एक सय वटा बिद्यालयबाट ६ सय १५ जना बिद्यार्थीहरूकाे सहभागिता रहेकाे अायाेजक क्लवका अध्यक्ष तथा कार्यक्रम संयाेजक नवीन श्रेष्ठले जानकारी दिनुभएकाे छ । समूह "क" र "ख" का प्रतिष्पर्धी बिद्यार्थीहरूलाई बिना शीर्षक, समूह "ग" का बिद्यार्थीहरूलाई वातावरण र पर्यटन बिषयक र समूह "घ" बिद्यार्थीहरूलाई पर्यटन बिकासमा सम्पदाकाे महत्व विकास बिषयक शिर्षकमा भएकाे प्रतियाेगितामा समुह "क" बाट अन्नपुर्ण माध्यमिक बिद्यालयका शुसन शेर्पा प्रथम, सृजना ज्ञानसागर माबिका बिनिसा न्याैपाने द्वितीय, निर्भना एकेडेमीका प्रनिता थापा तृतिय, श्रीकुमारी माबिका श्रृयानी महर्जन चाैथाे र रिपुमाद्रिनि सैनिक महाबिद्यालयका युजिन देवकाेटा पाँचाै भएकाे थियाे । त्यसैगरी समूह "ख" बाट श्रीकुमारी माबिका स्मृति श्रेष्ठ प्रथम, अन्नपुर्ण माबिका राेसिका घिसिङ द्वितीय, काैशल ईङ्लिस स्कुलका जेम्स श्रेष्ठ तृतिय, पाठशाला नेपाल फाउन्डेसनका अनमाेल राजभण्डारी चाैथाे र सैनिक अावासिय बिद्यालयका पेनछेनबिमला तामाङ पाँचौ भएकाे थियाे । त्यसैगरी समूह "ग" बाट सरस्वती निकेतनका सुष्मा श्रेष्ठ प्रथम, काैशल ईङ्लिस बाेडिङ स्कुलका सम्यम अधिकारी द्वितीय, रमाईलाे पाठशालाका राेजी डंगाेल तृतिय श्रीकुमारी माबिका न्हुजला बज्राचार्य चाैथाै, श्री पद्म बिद्याश्रमका प्रशान्त श्रेष्ठ पाँचाै भएकाे थियाे । त्यस्तै समूह "घ" बाट कुमादिनि कुञ्ज माबिका स्मृति महर्जन प्रथम, बिश्वनिकेतन माबिका प्रशन्नजीत शाक्य द्वितिय, सैनिक अावासिय महाबिद्यालयका रसिक बहादुर भण्डारी तृतिय, समृद्धि बिद्यालयका रिदिसा श्रेष्ठ चाैथाै, सृजना कलेज एण्ड फाईन अार्टका दिनेश घर्तिमगर पाँचौ भएकाे थियाे । बिजयी बिद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय, चाैथाे र पाँचाैलाई हुनेहरूलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार, १ हजार र पाँच सय नगद पुरस्कार सहित मेडल सहित प्रशंसा पत्र प्रदान गर्नु भएकाे थियाे । बिजयी, सहभागी बिद्यालय तथा सहभागी बिद्यार्थीहरूलाई पुरस्कार बितरण गर्नु हुँदै भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरले शिक्षाकाे बिकासमा खेलेकाे महत्व माथि प्रकाश पार्नुहुँदै बिद्यार्थीहरूमा भएकाे कला प्रस्फुटन गर्ने सशक्त एउटा माध्यम चित्रकला पनि एक भएकाे बताउनुभयाे । चित्रकला माध्यमबाटै देशकाे नाम बिश्वमै फैलाउन सकिने भन्दै नगरप्रमुख प्रजापतिले यस प्रकारकाे कार्यले भक्तपुरकाे धार्मिक एवं एेतिहासिक महत्व बाेकेकाे कला, संस्कृतिकाे समेत प्रचारप्रसारमा याेगदान पुग्ने भन्दै कार्यक्रमकाे प्रशंसा गर्नु गर्नु भएकाे थियाे । कार्यक्रममा कार्यक्रम संयाेजक श्रेष्ठले विभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई उपत्यकाकाे अाफ्नाे एेतिहासिक शहरहरूकाे परिचय र उक्त स्थानमा रहेकाे प्राचीन कला, संस्कृति र सम्पदाहरूकाे ज्ञान दिने प्रमुख उद्देश्यले साे चित्रकला प्रतियोगिताकाे अायाेजना गर्दै अाईरहेकाे बताउनुभयाे । क्लवका संरक्षक तथा अनुगमन समितिका संयाेजक ई.रामबहादुर श्रेष्ठकाे सभापतित्वमा सम्पन्न कार्यक्रम भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गाेरा, नेपाल ललित कला प्रतिष्ठानका कुलपति केके कर्माचार्य, बरिस्ठ चित्रकार तथा निर्णायकहरू गाेबिन्दलाल सिं डंगाेल, चित्रकार श्रीभक्त प्रजापति, काेषाध्यक्ष हरेराम जाेशी लगायतका ब्यक्तिले कार्यक्रमकाे महत्वका बारेमा बाेल्नु भएकाे थियाे ।

Comments