विनायकका बिद्यार्थीहरुद्वारा विभिन्न सजावटका सामग्रीको बिक्री स्टल
असार १८, २०७९, शनिबार | विहान ०९:५२ बजे | 35
मध्यपुर ठिमी भक्तपुर विद्यार्थीहरुलाई बाल्यकालदेखि नै उद्यमशील बनाई उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान पुर्याउँदै आएको शैक्षिक गुणस्तरको संवाहक विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल मध्यपुर ठिमी भक्तपुरले School Enterprise Challenge कार्यक्रमअन्तर्गत यही 2079 असार 18 गते खेर गइरहेका स्थानीय श्रोत र साधन प्रयोग गरी विभिन्न सजावटका सामानहरु को बिक्री स्टल राखेको छ ।विशेष गरेर UK द्वारा संचालित Trash to cash कार्यक्रम अन्तर्गत आफ्नो घर वरिपरी रहेका काम नलाग्ने बस्तुहरु प्रयोग गरी विद्यार्थीहरुले विभिन्न आकर्षक सामग्रीहरु निर्माण गर्दै स्थानीय स्तरमा बिक्री गर्न राखेका थिए। बेलायतद्वारा संचालित उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यालयस्तरदेखि नै बालबालिकाहरुलाई जीवन उपयोगी र व्यावहारिक ज्ञान सीप प्रदान गरी आत्मनिर्भर बनाउन रहेको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो। विश्वभरबाट विभिन्न देशका विद्यार्थीहरु सहभागी हुने उक्त कार्यक्रमका माध्यमबाट विद्यार्थीहरुलाई कार्यक्रमप्रति आकर्षक गर्न उत्कृष्ट उद्यमी तथा आत्मनिर्भर बन्न सफल विद्यार्थीहरुलाई रु 25000 pond sterling डलरको पुरस्कार राखिएको विद्यालयका SECA संयोजक शिक्षिका सन्ध्या झाले बताउनुभयो। विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका बालबालिका भोलिका विश्व नागरिक भएकाले उद्यमशीलताको सिद्धान्तका आधारमा कोरा किताबी ज्ञान मात्र नभई जीवन र आर्थिक स्तर अभिवृद्धि गर्ने व्यवहारिक ज्ञानमा स्थापनाकालदेखि नै विद्यालयले जोड दिएको बताउनुभयो।