भक्तपुर जिल्ला बक्सिङ संघले दियो भक्तपुरका जनप्रतिनिधिहरुलाई बधाई


असार १८, २०७९, शनिबार | विहान ०९:४५ बजे | 40


भक्तपुर जिल्ला बक्सिङ संघले दियो भक्तपुरका जनप्रतिनिधिहरुलाई बधाई

भक्तपुर, १८ असार । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा भक्तपुर नगरपालिकामा अध्याधिक मतले विजय भएका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको “बधाई तथा शुभकामना कार्यक्रम २०७९” नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् माननीय संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा योयो बैक्वेट घलाटेंमा एक समारोहबीच शनिवार सम्पन्नभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले मानिस राजनीतिका प्राणी भएकोले सबै क्षेत्र राजनीतिले ओगट्ने भएकोले राजनीति ठिक भएमात्रै सबै काम ठिक हुने बताउनुभयो । उहाँले घोषणापत्र अनुसार निर्वाचित  गरेको घोषणापत्र जनप्रतिनिधिहरुको काम गर्ने बाटो हो भन्नुभयो । उहाँले घोषणापत्र पानी,शिक्षा स्वास्थ्य र खेलकुद लगायत सबै क्षेत्र समेटर बनाएको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान विजुक्छें(रोहित)का जीवन संगिनी शोभा प्रधानको जीवन पनि राजनीतिसंग जोडिएको र केन्द्रीय अध्यक्ष जस्तो गरिमामय पदमा आशिन व्यक्तित्वसंग विवाह हुँदा शुखिमय जीवनको आशा गरेता पनि का.रोहितद्धारा लिखित पुस्तक राजनीतिक कार्यकता बन्ने भाइबहिनीहरुलाई चिठी अध्ययन गराउँदा देश जनताको सेवामा समर्पित भई आन्दोलनमा लाग्दा पढाई र परीक्षा विर्गने, रोजगारी नपापउने, विवाह गर्न दुलही नपाउने, घर परिवारलाई नातेदारहरुले हेलाहोचो गर्ने, जुलुसमा पक्राउ पर्ने, भुमिगत, प्रवास लाग्नुपर्ने र राजनीतिमा लाग्नेहरुलाई झुठा कुरा प्रचार गरी बद्नाम गराउने अनेकन धेरै दुःखकष्ट झेल्नु पर्ने पहिला नै जानकारी प्राप्त भई लाग्दा तत्कालीन पञ्चायती सरकारले राज्यस्तरबाटै षडयन्त्र गरी २०४५मा भक्तपुर काण्ड मचाउँदा विचलित हुनु नपरेको बताउनुभयो । उहाँले शोभा भाउजुलाई २०५६ सालमा स्तन क्यान्सर हुँदा नेपाल मै उपचार हुने रोग पूजिँवादी नेताहरुले जस्तै राज्यको धुकुतिबाट विदेशमा गएर उपचार नगराएको बताउनुभयो । उहाँले शोभा भाउजु स्तनक्यान्सरसंग विजय प्राप्त गरिसकेपछि महिलालाई मात्र हुने ४२ थरी रोग हुने भएकोले शोभा भाउजुको नेतृत्वमा स्वास्थ्य शिविर संचालनमा सकृय हुनु भएको स्मरण सुनाउनु भयो । उहाँले बजेतमा ऋण लिएर आकार बढाउँदा ५ बर्षमा ९ खर्ब बाट १८ खर्ब दुई गुणा बैदेशीक ऋण लिंदा श्रीलंकाको नियति भोग्न बाध्य हुने बताउनुभयो । उहाँले अहिलेको सरकारले भारतको मोदि ध्यान बस्न आउँदा अरुण सहि गरेको बताउँदै ३६४ मेघावाट विजुली भारतलाई सस्तोमा बेचेर नेपालमा ग्यास बोकाएको तर्फ कटाक्ष गर्दै नेपालमा नै विजुलीबाट खाना पकाउने बन्दोबस्त नगर्ने सरकार जनताको सरकार नभएको र प्रधान मन्त्री भई सकेका नेताहरु नै भारत विदेशीहरुले नेपालमा विधुत उत्पादन आफै गरी आत्मनिर्भर बन्न नदिने भेटमा बताएको बताउनुभयो । उहाँले सिंहदवार भ्रष्टाचारीहरुको अखडा भएको, बाँदरको धेरामा रहेको बताउँदै अहिलेका शासकहरु निर्वाचित राजा सरह व्यवहारले जनता आजित भएको बताउनुभयो । उहाँले एमसिसि र एसपिपि देशको सार्वभौमिकमाथि आर्कमण हो भन्नुभयो ।
कार्यक्रममा विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा ईमान्दार मान्छेहरुको खडेरी परेको बेला देश जनताको निरन्तर सेवा गर्ने नेमकिपाका प्रतिनिधिहरुलाई जिताएकोमा नगरबासीहरुलाई धन्यावाद दिँदै जनताको बीचमा बसेर काम गर्नेहरुको तुलना अरुसंग हुन नसक्ने बताउनुभयो । उहाँले कुनैपनि व्यक्ति राजनीतिबाट अलग बस्न नसक्ने बताउँदै सभ्य नागरिक र खेलाडीहरु राजनीतिप्रति वितृष्णा बढेकोले देश, समाज र खेलकुदलाई अगाडि बढाउन राजनीति राम्रो हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा बोले अनुसार काम पनि गरिदेखाउने शिक्षाबाट पछाडि परेको भक्तपुर अग्रणी स्थानमा पुगेको बताउनुभयो । उहाँले राजनीति राजनीति जस्तो होइन इमान्दार पूर्वक सेवा गर्ने हो भन्नुभयो । अहिले राजनीतिमा व्यापारी, गुण्डाहरु आई मेयर र सांसदमा अगाडि आएको बताउँदै संविधानमा समाजवाद उन्मुख भएपनि निजि अस्पताल र स्कुल भएकाहरु नै नीति निर्माणमा पुग्दा शिक्षा र स्वास्थ्य महंगो हुँदा जनता गरिबी रेखा बढेको बताउनुभयो । उहाँल पुँजिवाद  विश्वव्यापि अगाडि बढेको बेला समाजवाद ढंगले काम हुँदा भक्तपुरमा नेमकिपाले कसरी काम गर्यो ? भन्नेहरु छ भन्नुभयो । उहाँले कृषि प्रधानदेशमा आयात ३० प्रतिशतले घटाउने बजेतले लक्ष्य राखेर रासायनिक मल ल्याउन नसक्दा उत्पाद घटि आयात बढ्ने बताउँदै श्रीलंकाको बाटो लागि रहेको बताउनुभयो । उहाँले खेलकुद मौलिक अधिकार भएपनि अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहुने गरी गर्नुपर्ने बताउँदै भँगेरी डाँडामा रग्बी रंगशाला बनाउने होइन जलाधार क्षेत्र घोषणा गरी सेनालाई जिम्मा लगाउनुपर्ने बताउनु भयो । उहाँले एसपिपि अमेरिकन सेना आउने बाटो हो भन्नुभयो ।
कार्यक्रममा वडाध्यक्षहरुको प्रतिनिधित्व गरी वडाध्यक्ष उकेश कवाँले खेलकुद विवादले उचाई हासिल गर्न नसकेको योग्य ठाउँमा योग्य पूर्वाधा र खेलाडी चयन नहुँदा विकास नभएको बताउँदै मार्शलआर्ट पहिला खुलमखुल्ला खेल्न नपाउनेमा खेलकद बाहिर ल्याएको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघ अध्यक्ष रामकृष्ण प्रजापति सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गौतम सुजखुले पनि बोल्नु भएको थियो । कार्यक्रममा शोभा प्रधानको निघनमा १ मिनेट श्रद्धाञ्जली व्यक्त गरेको थियो भने लक्ष्मण अवाल र केदारनाथ साकोसलाई सम्मान गरेको थियो ।


Comments