हाम्री छोरीलाई बचाइदिनुहोस्
असार १६, २०७९, बिहीबार | विहान ०५:४२ बजे | 10
हाम्रो बसाई भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ४ चाँंगुनारायण तामाङ वस्तीमा हो । हामी विपन्न वर्गका मानिस हौ । तथापि रोगले सम्पन्न र विपन्न नभन्दो रहेछ ।
हाम्री १० वर्षीया छोरी श्रीकृष्ण प्राथमिक विद्यालयमा कक्षा ८ पढिरहेकी रजनीलाई विगत तीन वर्षदेखि रगतको क्यान्सर भई कान्ति बाल अस्पताल काठमाडौंबाट उपचार गराइरहेका छौ । उनलाई नौ साइकल केमोथेरापी पनि गराइसकेका छौं । यति गर्दा पनि छोरीको स्वास्थ्यमा सुधार नआएकोले डाक्टरको सुझाब अनुसार अन्तिम विकल्प स्वरुप बोन म्यारो टान्सफर जतिसक्दो छिटो गर्नुपर्ने अवस्था छ । तर आर्थिक अभाबका कारण त्यो गर्न सकिरहेका छैनौं । त्यसकारण कोही कसैले सहयोग गर्न सक्नुभए सहयोगको अनुरोधसहित हामी यहाँंहरुसँंग अनुरोध गर्दछौं । पूर्णबहादुर तामाङको नाममा हिमालयन वैंक लिमिटेड महाराजगञ्ज शाखाको ९८१८८३७१८४७÷९८८१३४७७२३ खातामा सकेको आर्थिक सहयोग गर्न अनुरोध छ । साथै ईसेवाको पूर्णबहादुर तामाङको नै नाममा ९८८१३४७७२३ आईडी नम्वरमा पनि सहयोग गर्न सक्नुहुन्छ । यहाँंहरुबाट प्राप्त अमूल्य सहयोगको हिसावकिताव हाम्रो फेसबुक पेजबाट पनि सार्वजनिक गर्दछौं । थप जानकारी चाहिएमा ९८१८३७१८४७ मा पनि सम्पर्क गर्नु सक्नुहुनेछ । सहयोग दिनुभए आभारी हुने थियौं ।
छोरीकी बुबाआमा पूर्णबहादुर तामाङ र संगीता तामाङ
चाँंगुनारायण, भक्तपुर