कसरी चढ्ने सार्वजनिक सवारीसाधन ?
असार ११, २०७९, शनिबार | विहान ०६:०७ बजे | 10
सरिता तामाङ
हेर्दाहेर्दै पेट्रोलियम पदार्थको भाउ बढेको बढेयै छ । यसले सर्बसाधारणलाई के कस्तो असर पार्छ भन्ने बिषयमा सम्बन्धित निकायले कुनै चासो दिएको देखिन्न । निरन्तर मूल्यबृद्विले सबैभन्दा बढी मारमा निम्न बर्गीय परिवार परेका छन ।
पेट्रोलियम पदार्थले मूल्यवृदिको निहुँमा पारेर ब्यापारीले बजार भाउ मनलागि बढाएका छन् । पेट्रोलियम पदार्थको भाउ बढने बितिकै गाडीवालाले मनलागी भाडा बढाइसके । दैनिक उपभोग्य बस्तुको भाउ बढिसक्यो । पेट्रोलियम पदार्थको भाउ बढने बित्तकै सरकारले यातायात ब्यवसायको भाडा बढाउछँ तर गरिब जनताबारे कहिल्यै सोच्दैन । सरकार तिम्रो कानुन नै यही हो ? के नेपाली जनतालाई यसरी नै लुटेर आफू धनी बन्ने हो ?