नेमकिपा अध्यक्ष विजुक्छेंकी धर्मपत्नी स्वर्गीय शोभा प्रधानको गरियो अन्त्यष्टि


असार १०, २०७९, शुक्रबार | दिउँसो १२:४४ बजे | 50


नेमकिपा अध्यक्ष विजुक्छेंकी धर्मपत्नी स्वर्गीय शोभा प्रधानको गरियो अन्त्यष्टि

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंकी धर्मपत्नी शोभा प्रधानको शुक्रबार अन्त्यष्टि गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटमा उनको अन्त्यष्टि गरिएको हो ।
स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमा दागवती दिने कार्यक्रममा झण्डै सारा भक्तपुर नगरबासी ओर्लेका थिए । स्वर्गीय शोभा प्रधान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रिय कोषाध्यक्ष थिइन् । साथै उनी पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय सदस्य पनि हुन् ।
यसअघि पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक सघको संयुक्त आयोजनामा श्रद्धाञ्जली अर्पण गर्न दिउँसो १ बजे स्थानीय दूधपाटीमा हजारौ मानिस भेला भएका थिए । दूधपाटीमा शिक्षक संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यहाँं शिक्षक संघकोतर्फबाट चक्रबहादुर चाकतूले स्वर्गीय प्रधानको जीवनी पढेर सुनाएका थिए । त्यहाँं पार्टीकोतर्फबाट पार्टी सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाएका थिए । स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमाथि पुष्पगुच्छा अर्पर्ण गर्न धेरै विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । त्यसपछि अन्त्येष्टिका लागि शवलाई भक्तपुर नगर परिक्रमा गरिएको थियो । शवयात्रा नगरको दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेको थियो । हनुमानघाट पुुगेपछि पुनः महिला संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
२३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको भएका स्वर्गीय शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित थिइन् । उनको बुधबार साँंझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको थियो । निधनको दुई दिनपछि उनको शुक्रबार उनको दाहसंस्कार गरिएको थियो । उनको पार्थिव शरीरमा कान्छो सुपुत्र सुवानले दागीवती थिएका थिए । मृतक शोभाका दुई सुपुत्र डा सुवेग र सुवान छन् ।

Comments