श्री वागेहिणी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन
असार ४, २०७९, शनिबार | विहान ०३:१४ बजे | 30
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं.७, वागेश्वरीमा श्री वागेहिणी माध्यमिक विद्यालयले शुक्रवार व्यवस्थापन समिति गठन गर्ने अभिप्रायले अभिभावक भेला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक साधुराम गैडाले विद्यालयको सर्वाङ्गिण विकासमा विद्यालय व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुने कुरा वताउँदै विद्यालयलाई सहयोग गर्नुहुने सवैमा हार्दिक आभार व्यक्त गर्नुभयो । सोही कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत दिनेश अर्यालको संयोजकत्वमा ४ जना अभिभावकहरु क्रमश ः राजकुमार खत्री, अच्युत खत्री, सुनिता लामा र विनिता के.सी विद्यालय व्यवस्थापन समितिमा छनौट गरी विद्यालयको दिगो विकास, शैक्षिक उन्नयन, वालवालिकाको चौतर्फी विकासमा सकारात्मक अभिभावकत्व र सकारात्मक अनुशासनको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामशरण ढकाल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरि प्रसाद काफ्ले, शिक्षक जीवन सुवाल र निर्मला भट्टले पनि विद्यालयको विविध गतिविधिको वारेमा वोल्नु भएको थियो ।