निधनभएको १४ वर्षपछि इतिहासविद् शर्माको पुस्तक प्रकाशित


असार ४, २०७९, शनिबार | विहान ०१:४० बजे | 50


निधनभएको १४ वर्षपछि इतिहासविद् शर्माको पुस्तक प्रकाशित

काठमाडौं । नेपालभाषाको साहित्य क्षेत्रमा समालोचनाविधाले व्यापकतापाउननसकेकोमा सरोकारवालाहरुले चिन्तापोखेको छन् । आज काठमाडौंमाआयोजित एक कार्यक्रमकावक्ताहरुले समालोचनाविधाको विकासकालागि समालोचकलाई प्रोत्साहितगर्नुपर्नेमाजोड दिए । राजोपाध्याय समाजले आज काठमाडौंमाआयोजना गरेको कार्यक्रमकावक्ताहरुले समालोचनालाई सुझावको रुपमानलिइआलोचनाको रुपमालिने प्रवृत्तीका कारण यस विधाको विकास हुननसकिरहेको विचार राखेका थिए ।

कार्यक्रममा स्वर्गीय इतिहासविद् सह प्राध्यापकगोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक ‘उपन्यासयाचाकलय् गिरिजा’ को विमोचनगरिएको थियो । समालोचक पूर्णकाजीताम्राकारको साथमा नेवाः देय् दबूकाअध्यक्षपवित्रबज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँपब्लिकेशनकाप्रवन्धनिर्देशक नरेशबीर शाक्यलगायतले पुस्तकको विमोचनगर्नुभएको थियो । विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रकामहाकविगिरिजा प्रसाद जोशीबाट लिखितउपन्यासहरुको स्व. इतिहासविद् सह प्राध्यापकशर्माले समालोचना गरेका छन् ।

विमोचितउक्त पुस्तकको बारेमाबोल्दै वरिष्ठ पत्रकारशाक्यले समालोचनाविधामाइतिहासविद् शर्माको खुबीको प्रशंसा गर्नुभयो । ‘गिरिजा प्रसाद जोशीलाई साहित्य क्षेत्रमापागलकविसमेत भन्ने गरिन्छ, मनमा उठेका भावनालाई जस्ताको तस्तै लेख्ने स्वच्छन्दवादी पनि भनिन्छ, उनको विचारको स्वतन्त्रतालाई गोवर्धनले राम्ररी प्रस्तुत गरेका छन्’ शाक्यले भने । समालोचकताम्राकारले साहित्य क्षेत्रमागिरिजा प्रसाद जोशीको योगदानको स्मरण गर्दै विमोचित पुस्तकले इतिहासविद् शर्मासँग सच्चा समालोचकको खुबीसमेत प्रमाणित गरेको विचार राख्नुभयो । ‘गोवर्धन शर्माले यस पुस्तकमागिरिजाप्रसाद जोशीको उपन्यासको समीक्षागर्ने क्रममा समालोचनाको एक एकनियमलाई ध्यानमा राखेको स्पष्टै देखिन्छ ।

आजउहाँजिवीतहुनुभएको भएहामीले समालोचनाविधामा उहाँबाट धेरै लिन सक्थ्यौं तर, अफसोच उहाँहुनुहुन्न’ताम्राकारले शर्माको समालोचनाको प्रशंसा गर्दै दुःखसमेत व्यक्त गरे । शर्माका सुपुत्र सुभाषशर्माले बुबास्वर्गीय भएको १४ बर्ष पछि उहाँको पुस्तकप्रकाशनहुँदानिकै खुसीलागेको बताए । नेवाः देय् दबूकाअध्यक्षपवित्रबज्राचार्य, नेवाःजातियमहासंघका अध्यक्षमनोज नेवाः खड्गीलगायतले राजोपाध्याय समाजले आफ्नो पहिचानजोगाउनभाषा र संस्कृतिको संरक्षणमै विशेष ध्यान पु¥याउनुपर्नेमाजोड दिए ।

सोहीकार्यक्रममामहामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुको साथमा समाजबाट २०७६ र ७७ सालमा एस.ई.ई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मानपनि गरेको थियो । समाजले पुस्तकविमोचनकार्यक्रमसँगै पुस्तक मेलाको पनिआयोजना गरेको थियो । मेलामावेद,तन्त्रको साथमा नेपालको धर्म,संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो ।

Comments