भारतले नेपालमाथि अघोषित नाकावन्दी गरेको आरोप


असार २, २०७९, बिहीबार | साँझ ०४:०४ बजे | 50


भारतले नेपालमाथि अघोषित नाकावन्दी गरेको आरोप

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं। ४ को आयोजनामा आ।व। २०७९/८० को वडा तथा नगरस्तरीय योजना छनौटको लागि राय सुझाव संकलनका कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आ।व। २०७९/८० को लागि विगतमा झैं विभिन्न पत्रपत्रिकामार्पmत फेसबुक पेज, इमेल र कार्यालयमा नै लिखित सुझाव संकलन गरी जनताको राय सुझाव र सल्लाह लिई आवश्यकताका आधारमा प्राथमिकतामा राखी योजना कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

उहाँले नेपाल कृषिप्रधान देश भएर पनि खाद्यान्न आयातमा भारतमाथि परनिर्भर हुनु परेको बताउनुहुँदै यस वर्ष भारतले रसायनिक मल नपठाएको र गहुँ निर्यात नगर्ने घोषणा गरी नेपाललाई अघोषित रुपमा नाकाबन्दी लगाउन खोजेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल मजदुर किसान पार्टीले विचार र सिद्धान्तको आधारमा चुनाव लडेको हुँदा इमानदार र देशभक्त जनताले नेमकिपालाई अत्यधिक मतले विजयी गराएको बताउनुहुँदै एमसीसीको विरोध गरी देशको सार्वभौमिकता जोगाउनको लागि संघर्षरत नेमकिपा र व्यापक जनताको विरोधका बाबजुद पनि शासक दलहरुले संसदबाट पारित गरेको एमसीसी अहिले राष्ट्रघाती सावित हुँदैछ भन्नुभयो ।

कार्यक्रमका सभापति एवं भनपा ४ नं। वडाका वडाध्यक्ष उपेन्द्र सुवालले वडाबासीहरुलाई अमूल्य राय–सुझाव दिनु भएकोमा धन्यवाद दिनुहुँदै आगामी दिनहरुमा पनि वडाको विकास निर्माण लगायतका विविध गतिविधिहरुमा वडावासीहरुको साथ र सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष कुमार चवालले वडा नं। ४ स्थित राममन्दिरमा खोला निजकै डुबान क्षेत्र भएको हुँदा खोला साँघुरिंदै जाँदा समस्या भएको र वडा नं। १ देखि बाराही पुलसम्म रिनेनिड्ड वाल निर्माण गरी दिगो रुपमा समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं। ४ का वडासदस्य पुरुषोत्तम तमखु, समाजसेवीहरु कृष्णगोविन्द दुवाल र न्हुछेराम भेलेले वडाको समग्र विकासको लागि स्थानीय तहको निर्वाचन घोषणापत्रलाई आधार मानी जनताको भावनाअनुसार प्राथमिकताको आधारमा विकास निर्माण लगायतका कार्यहरु गर्नुपर्ने सुझाव दिनुभएको थियो भने वडाबासीहरुले आ–आप्mनो राय सुझाव प्रस्तुत गरेका थिए ।

Comments