भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नपाका प्रमुख अमर खड्काबीच भेट
असार २, २०७९, बिहीबार | दिउँसो ०२:५३ बजे | 55
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिलप्रजापतिसँग बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले भक्तपुर नगरपालिकामा भेट गर्नुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको कार्यबारे संक्षिप्तम ाजानकारी गराउनुहुँदै नगर प्रमुखहरु बीचको अनुभाव आदानप्रदानले नगरपालिकाहरु अगाडि बढ्न सहज हुने बताउनुभयो ।
उहाँले विगतका वर्षहरुमा जस्तै आगामी वर्षमा पनि निर्वाचनको बेला निर्वाचन घोषणापत्र मार्पmत गरेका बाचाहरु पूरा गर्न लागि पर्ने बताउनुभयो ।
बडीमालिका नपाका प्रमुख खड्काले बडीमालिका नगरपालिकाले गरिरहेको विकास निर्माण लगायतका विविध गतिविधिबारे पनि संक्षिप्त जानकारी गराउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा भक्तपुरले गरिरहेको कामबाट आपूmहरु प्रभावितभएको र जनताको हितमा काम गर्न भक्तपुर नगरपालिकाको अनुभवले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।