पारागनका विद्यार्थीले चुनाव गरेर छाने आफना क्याप्टेन
जेठ ३०, २०७९, सोमबार | विहान ०१:४४ बजे | 45
बिन्दु घिमिरे
भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी सेकेण्डरी बोर्डिग स्कुलमा शुक्रवार सम्पन्न भएको चुनावको नतिजा प्रकाशन गरीएको छ ।
प्रत्येक वर्ष विद्यालयले निरन्तर गर्दै आएको हाउस इलेक्सन गतबर्ष कोभिडको कारण हुन नसकेकोमा यो वर्ष चुनाव सम्पन्न भएको छ । कुल मतदाता कक्षा २ देखि १० सम्मका पाँंच सय ५० जना विद्यार्थीले मतदान गरेकोमा कक्षा १० का विद्यार्थी अनमोल पाण्डे ३३२ मत प्राप्त गरी विद्यालय क्याप्टेनको रुपमा विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नवराज श्रेष्ठले २०८ मत प्राप्त गरेका छन । सहायक क्याप्टेनमा कुनाल के.सी दुई सय मतका साथ विजयी भएका छन् ।यसैगरी चार वटा हाउस अन्तर्गत रेड हाउसमा क्याप्टेन अमन श्रेष्ठ, सहायक क्याप्टेनमा अतित शाही, कोषाध्यक्षमा सुनिता दुलाल ब्लु हाउसमा क्याप्टेन प्रमिज शाक्य, सहायक क्याप्टेन गंगा सुवाल, कोषाध्यक्षमा अनामिका अवाल यलो हाउसमा क्याप्टेन सुजाता लामा, सहायक क्याप्टेन दिपेन श्रेष्ठ, कोषाध्यक्षमा अन्शु खड्का भने ग्रिन हाउसमा क्याप्टेन जयराम गिरी, सहायक क्याप्टेन सुदिक्षा श्रेष्ठ, कोषाध्यक्षमा संजोक सुवेदी विजयी भएका छन्।
विद्यालयले प्रत्येक शैक्षिक सत्रको प्रारम्भमा विद्यालयको क्याप्टेन, सहायक क्याप्टेन र कोषाध्यक्षको रुपमा चुनावी प्रतिस्पर्धाबाट छानिने व्यवस्था गरिएको छ ।
प्रजातान्त्रिक चुनावी प्रक्रियाबारे जानकारी गराउने, नेतृत्व विकास गराउने, अतिरिक्त क्रियाकलापलाई सहज बनाउने उद्देश्यले प्रत्येक वर्ष चुनाव हुदैँ आएको जानकारी कार्यक्रमका संयोजक तथा विद्यालय व्यवस्थापक रत्नवीर किसीले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल राजेन्द्र् फोजूले विजयी विद्यार्थीहरुलाई टिका लगाई , विद्यालय व्यवस्थापक रत्नवीर किसीले ब्याच वितरण र विद्यालयका प्रिन्सिपल पुण्यराम कवाले खादा ओडाउनुका साथै विजयी विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए।
विद्यालयका प्रिन्सिपल पुन्यराम कंवाले विजयी विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारी सवल र बफादारीका साथ अरुको निन्दा र तुलना नगरीकन सकारात्मक रुपमा आफूहरु अघि बढ्न सुझाव र हौसला प्रदान गर्नुभयो।
विजयी विद्यार्थीहरुले विद्यार्थीहरुको सूक्ष्म समस्याहरु पत्ता लगाउने, अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्ने, विद्यालयमा अनुशासित वातावरण सृजना गर्ने, विद्यालय प्रशासनलाई सहयोग गर्ने लगाएतका जिम्मेवारीहरु वहन गर्ने छन्। कार्यक्रममा सेकेण्डरी ईन्चार्ज सागर पराजुली, प्राईमरी ईन्चार्ज शर्मिला अवाल र प्रि– प्राईमारी ईन्चार्ज बिन्दु घिमिरेले पनि विजयी भाइबहिनीहरुलाई बधाई दिएका थिए ।