ख्वप कलेजमा दुईदिने राष्ट्रिय सम्मेलन सुरु, व्यवस्थापन गतिलो नहुँदा देशको उन्नति भएन ः विजुक्छें
जेठ २९, २०७९, आइतबार | विहान ०६:०४ बजे | 30
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा आइतबारदेखि कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले व्यवस्थापन गतिलो नहुँंदा देशको विकासले गति लिन नसकेको बताए । मोहीयान हक नदिइ कमैयाँं मुक्त गर्दा कमैयाँंहरुले खान नपाई फेरि कमैयाँं नै बस्न आउनुपर्ने बाध्यता भएको बताउँंदै सरकारमा बसेकाहरुले व्यवस्थापन नबुझदा यो समस्या पटकपटक आउने गरेको भन्दै उनले उदाहरणको फेहरिस्त प्रस्ुतत गरे ।
सम्मेलन उदघाटन समारोहमा भक्तपुर नगरपालिकाका मेयर एवं कजेज व्यवस्थाप समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्टिय योजना आयोगका सदस्य डा रामकमार फुँंयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्राडा धु्रबुकुमार गौतम, ख्वप इन्जिनियरिंग कलेजका प्राचार्य सुजन माक, आयोजक ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वबारे चर्चा गरे ।
आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए । दोश्रो दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोश्रो दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए ।
पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा धु्रबुकुमार गौतम र डा रामकुमार फुयाँल र दोश्रो दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनायो । सम्मेलनमा ४० जना भन्दा वढीले कार्यपत्र प्रस्तुति गर्ने कलेजले जनायो । सम्मेलन जेठ २९ र ३० गते दुई दिनसम्म चल्नेछ ।
फाेटाेमा हेर्नुहाेस्...