विनायककाशिक्षक शिक्षिकालाई तालिम
जेठ २८, २०७९, शनिबार | दिउँसो ०३:५२ बजे | 25
मध्यपुर ठिमी, भक्तपुर नेपालको शैक्षिक उन्नतिको संवाहक तथा गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो सशक्त पहिचान कायम गर्न सफल विनायक शिक्षा निकेतन इ. स्कुल मध्यपुर ठिमीले यही 2079 जेष्ठ 28 गते शनिबारका दिन सो विद्यालयमा कार्यरत करिब 54 जना शिक्षक शिक्षिकाहरुका लागि पुनर्ताजकी तथा शिक्षण सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गर्यो । धुलिखेलस्थित होटल माउन्ट पिसमा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षक शिक्षिकाहरुलाई पाठ्यक्रम, लेटर ग्रेडिङ प्रणाली र मूल्यांकन प्रणाली बारे तालिम प्रदान गरिएको थियो ।विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विज्ञ तथा अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा प्रशिक्षणमा सम्पन्न भएको थियो ।अत्यन्त अन्तर्क्रियात्मक रुपमा मनोरञ्जनका साथ सम्पन्न उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले एक्काइसौं शताब्दीको माग र चाहना अनुरुप अबका शिक्षक शिक्षिकाहरुले आफूलाई परिमार्जित गर्दै लानुपर्ने र युगले, अभिभावकले र समाजले चाहे अनुरुपको सृजनशील दक्ष जनशक्ति तयार पार्नका लागि पहल गर्न शिक्षक-शिक्षिकालाई सिकाइ सहजता र सीप अभिवृद्धि गर्न यस्ता प्रकारको तालिमका आयोजना गरिएको कुरा बताउनुभयो।