भक्तपुर विधुतीय सामाग्री व्यवसायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
जेठ २८, २०७९, शनिबार | विहान ११:२९ बजे | 30
भक्तपुर विधुतीय सामाग्री व्यवसायी संघको आयोजना तथा तेजस्वी पाठशालाको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रम संघको १२ औं स्थापना दिवसको उपलक्षयमा गरिएको थियो जसमा २० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम यहि जेष्ठ २८ गते शनिबारका दिन सल्लाघारी, भक्तपुरमा अवस्थित तेजस्वी पाठशालामा बिहान ८ देखि ११ बजे सम्म संचालन भएको थियो। बिभिन्न सामाजिक गतिबिधिका कार्यक्रमहरु संचालन गर्दै आएको यस संस्थाले सामाजिक उतरदायित्व निर्भाह गर्दै रगतको अभावलाई थोरै भएपनि आफ्नो संस्थाको तर्फबाट पूर्ति गर्ने उदेश्यले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक अल्बर्ट बज्राचार्यले जानकारी गराएका थिए। रक्तदान कार्यक्रममा संघका पुर्व अध्यक्ष पुन्य राम खाताखो, बर्तमान उपाध्यक्ष राम गोपाल सुवाल, कार्यसमिति सदस्य बिस्वराम खर्बुजा, संस्थाका सदस्यहरु लगायत अन्य रक्तदाता महानुभावहरुले रक्तदान गरेका थिए। कार्यक्रमका संयोजक अल्बर्ट बज्राचार्यले सहभागी सम्पूर्ण रक्तदाताहरु, प्राबिधिक सहयोगी कान्तिपुर ब्लड बैंक ,लगायत सम्पूर्ण स्वयंसेवकहरुलाई धन्यबाद व्यक्त गर्दै संस्थाले उक्त रक्तदान कार्यक्रम आगामी हप्ता असार ४ गते भक्तपुरका विभिन्न स्थानहरु ठिमी, सुर्य बिनायक लगायत च्यामासिङमा आयोजना हुन गइरहेको समेत जानकारी गराएका थिए
फाेटाेमा हेर्नुहाेस्...